Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्लाकै प्रमुख कच्ची सडक खण्डमा यात्रा गर्ने यात्रुलाई सास्ती

Published on 3:02:00 PM //

सागर भण्डारी
गुल्मी, फाल्गुण ४ - अस्ति साँझ देखि परेको अविरल वर्षाले वामी लगायत आसपासको जनजीवन प्रभावित भएको छ ।
शुक्रबार दिउँसोबाटै भएको वर्षाले चिसो समेत बढेको छ ।जाडो मौसम सकिई गर्मीयाम सुरुहनै लाग्दा एक्कासी मौसममा परिवर्तन भई वर्षाा हुँदा जनजिवन प्रभावित भएको हा्े ।अविरल वर्षाले गर्दा बाटो हिलाम्य भए पछि जिल्लाकै प्रमुख कच्ची सडक खण्ड रिडि रुद्रवेणी वामीटक्सार सडक खण्डमा यात्रा गर्ने यात्रुहरुलाई सास्ती भएको छ ।यस सडकखण्डमा नियमित रुपमा सवारी साधन नचल्दा यात्रुहरु पैदल यात्रा गर्न समेत बाध्य भएका छन् ।
सडकमा जीप ट्रयाक्टर लगायतका साना सवारी साधन सञ्चालन भएपनि बस ट्रक लगायतका ठुला सवारी साधनहरु नियमित रुपमा सञ्चालन भएका छैनन् ।जसले गर्दा बागलुङको बुर्तिबाङसम्म पुग्ने यात्रुहरुलाई झनै कष्टकर भएको छ ।हिँउद सुरु भएसगैं धुलो र वर्षायाम सुरु भएसगैं हिलोमा यात्रागर्नु पर्ने बाध्यतालाई सम्बन्धित निकायले ध्यान नदिएको यात्रुहरुले गुनासो समेत  गरेका छन् ।लगातारको बर्षाले बाटोको बिचबिचमा हिलोमा गाडी भासिने समस्याले गर्दा सवारी नियमित सञ्चालन नभएका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग