Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङ राईजिङ युवा क्लवको अध्यक्षमा लोप्चन

Published on 1:35:00 PM //

राम सुबेदी
बाग्लुङ, माघ २३ । बागलुङको बुर्तिबाङमा रहेको बुर्तिबाङ राईजिङ युवा क्लवको एघारौं साधारणसभा मंगलार सम्पन्न भएको छ । क्लवका पूर्व अध्यक्ष केशरबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाका मानार्थ सदस्य, सम्मानित आजिवन सदस्य, आजीवन सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
भेलाले पूर्व उपाध्यक्ष अमर लोप्चनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विनोद भण्डारी, सचिवमा गोपाल महत, सहसचिवमा खगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा देव विक तथा अन्य सदस्यहरुमा सुरेन्द्र बोहरा, हेम प्रसाद विक, मिथुन विक, अजित कुवँर रहेका छन् भने अन्य ४ सदस्यलाई  नव निर्वाचित  कार्यसमितिको पहिलो बैठकले चयन गर्ने भएको छ ।
शान्ति विकास र मानवअधिकार नारा वाकेको यस क्लवले विगतका केहि वर्ष यता कोजाग्रत पूर्णिमा मेलाको मात्र आयोजना गर्ने गरेको, थप सामाजिक कामहरु गर्न नसकेको भन्दै आम जनमानसले संसथको भविश्य प्रतिनै शंका गरिरहेको अवस्थामा यस पटक गठन गरिएको नयाँ कार्यसमितिले केही गर्छ कि भन्ने आसा गरिरहेका छन् तर वार्षिक साधारण सभा भएकाले यस पटकको साधारण सभा तथा अधिवेशनका अवसरमा न्यून सदस्यहरुको उपस्थिति रहनु,  सो अवसरमा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत नगरिएपछि केवल समितिको मात्र निरन्तरता त भएन भन्ने सोही अवसरमा चिन्ता समेत व्यक्त गरिएको थियो । जे होस सामाजिक काम गर्न कठिनाई आफैमा छ र नयाँ समितिलाई चुनौतिसँगै अवसर पनि थपिएको छ । नवनिर्वाचित समिति कसरी पेश हुने हो त्यो भने हेर्न वाँकी छ ।
साधारण सभाले यसपटक सातौं कार्यसमिति चयन गरेको छ । सभामा संस्थाका पूर्व उपाध्यक्ष राम प्रसाद आचार्यको स्वागत मन्तव्य तथा संस्थापक अध्यक्ष चन्द्रलाल अर्यालको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका पूर्व सचिव कमल भुसालले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग