Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्याङ्जामा यस बर्ष २९ करोडको सुन्तला

Published on 2:21:00 PM //

स्याङ्जा जिल्लामा यस बर्ष २९ करोडको सुन्तला उत्पादन भएको छ । गतबर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन २ दशमलव ९१ प्रतिशतले बृद्धि भएको जिल्ला कृषि विकास कार्यलय स्याङ्जालेबताएको छ । गतबर्ष २५ करोडको सुन्तला उत्पादन भएको थियो भने अहिलेको समयमा २९ करोडको सुन्तला उत्पादन भएको हो । गत बर्ष भन्दा ४ करोडको उत्पादन बढी भएको छ ।
कार्यलयका  अनुसार  अनुकुल  बातावरण  र  रोगको  आक्रमण  नहुनुका  साथै  असिनाको  प्रभाव  नपरेपछि गत बर्षमा  भन्दा  यस  बर्षमा सुन्तलाको उत्पादन बढको हो । जिल्लाको १६ सय ४१ ह्ेक्टर क्षेत्रफल जमिनमा सुन्तला रोपिएको भएता पनि त्यस मध्ये ११ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकारी श्रीधर अधिकारीले बताए । अधिकारीका अनुसार सुन्तलाका लागि मौसम अनुकूल हुनुका साथै बगैचा व्यवस्थापन गरिएका कारण जिल्लामा सुन्तला उत्पादन बढेको हो ।
नेपालको तुलनामा अन्य जिल्लामा भन्दा स्याङ्जा जिल्लामा सुन्तलाको उत्पादन बढी हुन्छ । जिल्लाका पकड मानिने क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन भएको थियो  ।  ‘जिल्लामा १०–१२ गाविस र नगरपालिकाका केहि २–४ वडाहरुमा सुन्तलाको पकड मानिने गरिन्छ  । उक्त पकडमा सुन्तलाको राम्रो उत्पादन हुने गर्छ  ।’ अधिकारी अधिकारीले बताए  ।  ‘सुन्तला खेतीमा भविष्य मानिने भएपछि किसानहरु बढि उत्साहित भएका छन् । बाँझो भनेर केहि नगरी छाडिने जमिनमा पनि सुन्तलाको बेर्ना लगाएर सुन्तला खेत गर्न थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित भएका हुन ।’ कृषि विकास कार्यलयका प्राविधिक सहायक बद्धिप्रसाद लामिछाने बताउछन् । उनले भने  ‘सुन्तलाबाट राम्रो आम्दानी हुने प्रतिकेजी सुन्तला न्यूनतम ६०,७० रुपैयाँमा विक्री हुने भएपछि किसानहरु सुन्तलामा आकर्षित भएका हुन ।’ सुन्तलाको उत्पादन राम्रो भएतापनि सुन्तलाको मूल्य अन्य जिल्लाको तुलनामा पनी महँगो भएको स्याङ्जाबासीहरुको गुनासो रहेको छ ।
‘सुन्तला उत्पादमा कार्यलयले लगाएको अनुमान भन्दा ९ प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ ।’ जिल्ला सुन्तला उत्पादक संघका अध्ययक्ष बोधराज अर्याल भने  ‘गत बर्षको भन्दा सुन्तला उत्पादन ४ करोडले बढी उत्पादन भएकोले कृषि विकास कार्यलयले समेत अनुमान लगाउन सकेको थिएन’ जिल्लामा सुन्तलाबाट कृषकहरु पनि लाभान्वित रहेका छन् । स्वदेशमा मात्र नभई विदेशमा पनि सुन्तला निर्यात हुने भएपछि किसानहरुले सुन्तला खेतीमा उत्साह देखाएका छन् । सुन्तलामा दुख गरे अनुसारको मूलय पाएपछि बाझाँ खेतमा समेत सुन्तला खेती गर्न थालेका छौ कृषक मीनप्रसाद कोइराला बताउछन् । कोइरालाले भने ‘बर्षेनी तीन चार लाखको सुन्तला विक्री गर्छु जसमा दु:ख गरे अनुसारको मूल्य पाएको हुदाँ सुन्तलाबाट फाइदा हुने मानेपछि सम्पूर्ण बाँझो खेतमा समेत सुन्तला खेती गर्न थालेको छु ।’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग