Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पल्लीकोट र जोहाङ्ग एकैदिन पुर्ण खोप मुक्त गाबिस घोषणा हुने

Published on 4:43:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २३ माघ । जिल्लाका २ बटा गाविसहरु पुर्ण खोप मुक्त गाविस घोषणा हुने भएका छन । जिल्लाको पल्लीकोट गाविस र जोहाङ्ग गाविस एकैदिन पुर्ण खोप मुक्त गाविस घोषणा हुने भएका हुन ।
यी दुई गाविसहरुलाई आगामि २६ गते आईतबार बिशेष कार्यक्रमका साथ पुर्ण खोप मुक्त गाविस घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । नेपाल सरकार स्वास्थ्य सेवा बिभागको निर्देशिका अनुसार गाविसमा रहेका १ बर्षमुनिका बालबालिकाहरुले खोप तालिका अनुसार खोप लगाएको पाएपछि पुर्ण खोप मुक्त गाविस घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका खोप शाखा प्रमुख श्याम पोखरेलले जानकरी दिनुभएको छ । उहाका अनुसार गाविसमा रहेको स्वास्थ्य ब्यवस्थापन समितीले गाविसलाई पुर्ण खोप मुक्त गाविस घोषणा गर्नका लागि अनुरोध गर्ने प्रक्रृया रहेको बताउनुभयो ।
स्वास्थ्य ब्यवस्थापन समितीले गरेको अनुरोधलाई गाविसमा रहेको स्वास्थ्य चौकीका महिला स्यंम सेविका र स्वास्थ्यकर्मीहरुको टोलीले  १२ महिनादेखि २३ बर्षसम्मका बालबालिकाहरुले १ बर्षभित्र नियमित समयमा खोप पाए नपाएको सुलभ सर्वे गनुहुन्छ पोखरेलले भन्नुभयो स्वास्थ्य चौकीको रिपोट जिल्लामा पठाएपछि जिल्ला स्वास्थ्य कार्यलयको प्राबिधिक टोलीले अनुगमन गरेपछि समयमै खोप पाए नपाएको छुट्टाएपछि मात्र जिल्ला खोप समितीले स्वीकृत गरेपछि बल्ल गाविसहरु पुर्ण खोप मुक्त गाविस घोषणा गर्ने नियम रहेको छ पोखरेलले भन्नुभयो । पुर्ण खोप मुक्त घोषणा हुन लागेको पल्लीकोट गाविस खुःल्ला दिशा मुक्त र घरभित्रको धुवाँ रहित गाविस पहिले नै घोषणा भैसेकेको छ । साथै जिल्लामा धुर्कोट रजस्थल ,आपचौर र बलेटक्सार पनि पुर्ण खोप मुक्त गाविस घोषणाको तयारीमा समेत रहेको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर हरि बहादुर केसीले जानकारी दिनुभएको छ । जिल्लामा अहिलेसम्म कुनै पनि गाविस पुर्ण खोप मुक्त गाविस घोषणा भएका छैनन 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग