Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दर्लामचौरमा २ दिने कृषि तालिम

Published on 2:46:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २३ माघ, व्यावसायीक तरकारी खेती गर्न ईच्छुक २ दिने तरकारी खेती तालिम गुल्मीको दर्लामचौरमा सम्पन्न भएको छ ।
हरीयाली कृषक समूह दर्लामचौरको आयोजनामा गाउँ विकास समितिको सहयोगमा सम्पन्न तालिममा जिल्ला कृषि विकाश कार्यालयबाट तालिम दिईएको हो । हिजोदेखि शुरु भएको तालिममा टनेलभित्र र खुला आकासमा खोलभेडा खेती, च्याउखेती, मौरीपालन, भकारोसुधार, कम्पोष्टमल, नर्सरी व्याबस्थापान, झोल मल, किरामल र रोगकिरा व्यावस्थापन लगायतका विषयमा तालिम दिईएको कृषि सेवा केन्द चौरासिका प्रमुख विरबल चौधरीले बताउनुभयो ।
तालिमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयका बरीष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, बाली संरक्षण अधिकृतहरु परशुराम अधिकारी, चेत बहादुर विष्ट र प्राविधीक विरबल चौधरीले गर्नुभएको थियो । तालिममा सो गाविसका ९२ जना किसानको सहभागीता रहेको थियो । तालिम पछि किसानहरुले अव व्यावसायीक तरकारी खेतीमा लाग्ने बताएका छन् । उनीहरुले जिल्ला कृषि विकास कार्यालयमा टनेल भकारो, मकै विउ, ट्याक्टर समेत माग गरेका छन् । समूह अध्यक्ष नरेन्द्र कुँवरको अध्यक्षता र  प्रेम भुसालको सञ्चालनमा भएको तलिमको समापन कार्यक्रममा समाजसेवीहरु तोयानाथ सापकोटा, रामेश्वर खत्री, जिल्ला कृषि विकास कार्यालयका परशुराम अधिकारी, विरबल चौधरी, गाविस सचिव सुरेन्द्र पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग