Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छाडा चौपायका कारण समस्यामा

Published on 5:48:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २३ माघ । सदरमुकाम तम्घास बजारको सरडकमा पछिल्लो समयमा छाडा चौपायाहरु समस्याका रुपमा देखिन थालेका छन । चौपायका कारण सड्कमा सर्वसाधारहरुलाई समेत हिँडडुल गर्न समस्या हुने गरेको छ ।
पछिल्लो समयमा सदरमुकाम तम्घासका सड्कमा बढेका छाडा चौपायहरुले सवारी साधनहरुलाई सञ्चालनमा समेत समस्या ल्याएका हुन ।
सदरमुकाम तम्घासको लाकुरी मञ्च, शहिदचोक, क्याम्पसरोड, खानीगाउँ चोक, भगवती मन्दिर, बसपार्क, मिलनचोक, अस्पताल लाईन,पुरानो बैकं रोड,लगायत धागीथुम क्षेत्रमा छाडा चौपायहरुले आफ्नो बासस्थान नै बनाएका छन । रातको समयमा यी क्षेत्रमा बासस्थान बनाएका छाडा चौपायले दिनभर आहार खोज्दै बजार क्षेत्र घुम्ने गरेका छन । पछिल्लो समयमा बढेका छाडा चौपायहरुलाई नियन्त्रण गर्नका लागि कुनै निकायले चासो नदिदाँ यस्तो समस्या बढ्दै गएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग