Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ वटै मृगौला फेल भएका सन्तोष सापकोटालाई युएईबाट १ लाख ५७ हजार रुपैँया सहयोग

Published on 10:55:00 PM //


लालबहादुर ढेंगा
दुबई । सन् २०१३ मा स्थापना भएको पर्वतवासीहरुको साझा संस्था पर्वत सेवा समाज युएईले दुईवटै मृगौला फेल भएका सन्तोष सापकोटालाई मृगौला प्रत्यारोपणका लागि ने.रु.१ लाख ५७ हजार ३ सय आर्थिक सहयोग गरेको छ । सो सहयोग गएको १३ फेब्रुवरी बिहीबारका दिन दुबईको हाईल्याण्ड नेपाली रेष्टुरेण्टमा एउटा पत्रकार सम्मेलनमा गरेको हो । पर्वत सेवा समाज युएईका कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा अतिथिको रुपमा स्याङ्जा सहयोग समाज युएईका अध्यक्ष राजु पाण्डे, पत्रकार अम्बिका भण्डारी, केन्द्रीय पदाधिकारीहरु, क्षेत्रीय पदाधिकारीहरु र समाजसेवीहरु रहेका थिए । “सेवा नै धर्म हो” भन्ने नाराका साथ गरिएको पत्रकार सम्मेलनलाई महासचिव पुरुषोत्तम सुवेदीले संचालन गरेका थिए ।
खानी गाउं–६, पर्वत जिल्लाका निवासी १८ बर्षीय सन्तोष सापकोटाको दुईवटै मृगौला फेल भएपछि काठमाण्डौंको शिक्षण हस्पितालमा विगत १ महिनादेखि उपचार चलिरहेको क्रममा एउटा मृगौला सन्तोष सापकोटाको आमाले दिने भएपछि एउटा मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक कमजोर भएका कारण पर्वत सेवा समाज युएईलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरिएको हो । उक्त रकम संकलन गर्नका लागि कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा एउटा आर्थिक संकलन समिति बनाईएको थियो भने युएईको विभिन्न ठाउंबाट संकलन गरिएको छ । यस्ता खालका उद्धार कार्यलार्ई धेरै सह्रानीयको रुपमा लिन सकिन्छ । । पर्वत सेवा समाज युएईद्धारा गरिएको एउटा सानो सहयोगले सन्तोष सापकोटालाई नयां जीवनदान मिलेको छ । प्रवासमा रहेर पनि यति ठूलो सहयोग गरेको भन्दै सन्तोष सापकोटाको आमाले काठमाण्डौबाट बिशेष धन्यबाद समेत गरेको छ ।

कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीका साथ सम्पूर्ण पदाधिकारीहरुले संयुक्त रुपमा कोषाध्यक्ष प्रशुराम पौडेललाई एक्सचेन्जमार्फत पठाउनका लागि नगद १,५७,३०० हस्तान्तरण गरेको छ । यस आर्थिक संकलनमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीले धन्यबाद दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग