Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीको बारेमा ब्रित्तचित्र बनाउने टोली वामिका गाउँ गाउँमा

Published on 10:50:00 PM //

सागर भण्डारी
गुल्मी, माघ २४ । वामी सालिमे सिर्जनसिल विकास मञ्च वामी गुल्मीको बेठक आज सम्पन्न भएको छ ।
समितिका अध्यक्ष सन्तोष साक्यको अध्यक्षतामा बसेको बैठकले वामी गाउँ विकास समिति भित्रका सम्पूर्ण कला संस्कृति धार्मिक स्थत तथा स्थानीय रहनसहन, भेषभुषा तथा जातजातिका रहनसहन लगायत कृषि उत्पादन ऐतिहासिक पुरातात्विक महत्व बोकेका संस्कृतिहरु र तथा पर्यटकीय क्षेत्रको सम्भाव्यताको विषयमा बृत्तचित्रमा छायाकंन गर्नका लािग अनुगमन गर्न टोली निर्माण गरि हिँडेको वृत्तचित्र निर्माण समितिका सयोंजक प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।
साथै उक्त वामी वृत्तचित्र निर्देशक बिजु बज्र लगयातको टोलीले वडा नं विभिन्न ठाउँमा स्थानीय रहनसहन तथा भेषभुषको बारेमा छायाकंन गरेको छ । उक्त वृत्तचित्र निर्माणको लािग १५ दिन सम्म टोलि वामी गाउँ विकास समितिका विभिन्न ठाउँहरुमा पुग्ने बताएको छ । साथै बैठकले नागरिक मञ्चका सयोंजकहरुलाई आ आफ्ना् वडामा रहेका धार्मिक पर्यटकीय तथा स्थानीय कला झल्कने खालका विषयवस्तु भए जानकारी गराउन पनि आग्रह गरेको समितिका सचिव नारायण सापकोटाले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग