Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूर्व लडाकु बने महासेनानी, क्षेत्री मानार्थ उपरथी

Published on 7:53:00 PM //

रासस
२३ माघ । सरकारले नेपाली सेनाका उपसेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ । उनी माओवादीका पूर्व लडाकु हुन् ।
एमाओवादीका पूर्व डिभिजन कमाण्डर यमबहादुर अधिकारीकै नेतृत्वमा सेना समायोजन भएको थियो । अधिकारी हाल राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयमा कार्यरत छन् । उनलाई पूर्व सहमतिअनुसार बढुवा गरिएको सरकार प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै, सरकारले सेनाका सहायकरथी रमीन्द्र क्षेत्रीलाई मानार्थ उपरथीमा बढुवा गरिएको छ ।
२३ माघमा बसेको मन्त्रिपरिषद बैठकले बैठकले आगामी विसं २०७१ मा लागि गृह मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक, पर्व र सट्टा बिदासम्बन्धी नीति पारित गर्नाका साथै सशस्त्र प्रहरी बल उपत्यका गणलाई विपद् उद्धार उपत्यका गण भनी नामकरण पनि गरेको छ ।
मन्त्रिपरिष बैठकले आगामी ७ फागुनदेखि माल्दिभ्समा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । सार्कको १८ औँ शिखर सम्मेलन नेपालमा आयोजनाको तयारी गर्न माल्दिभ्समा मन्त्रिस्तरीय बैठक हुन लागेको हो ।
बागमती नदी तटीय सुधार आयोजनाका लागि एसियाली विकास बैंकको ऋण र सहायता गरी तीन करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने, नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी महिना आयोजना गर्ने आर्थिक शिखर बैठकमा सहयोग तथा समन्वय गर्ने, बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालनसम्बन्धी प्रस्ताव आर्थिक पूर्वाधार समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, शहरी गरिबमुखी पुनःउत्पादन नमुना कार्यक्रमका लागि विश्व बैंकको रु २७ करोड ११ लाख सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।
मन्त्री पौडेलका अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी इच्छाधीन आलेखको प्रतिवेदनलाई सामाजिक समितिमा पठाउने, विश्व समावेशी साहसी संस्थाका महिला आरक्षकलाई रु १५ लाख सहयोग गर्ने, विशिष्ट पदाधिकारीको निवासमा सेवा सुविधासम्बन्धी नीतिलाई सम्बन्धित समितिमा छलफल गर्ने, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गतका दरबन्दीमा पुनःसंरचना गर्ने, मेलमिलाप नियमावली २०७० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग