Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामेली समाज जापानको वार्षिक साधारण भेला हुंदै

Published on 5:56:00 PM //

टोकियो, ६ फेब्रुअरी । वामी सेवा समिति जापानको छैठौं वार्षिक साधारण भेला यहि २३ तारिख आइतवार टोकियोमा हुने भएको छ ।
गुल्मी जिल्लाको वामी क्षेत्रबाट जापान आई बिभिन्न पेशा, ब्यवसाय र क्षेत्रमा संलग्न नेपालीहरुको संस्था वामी सेवा समिति जापानको साधारण भेला यहि फेब्रुअरी २३ तारिख हुने भएको हो । उक्त कुरा एनआरन जापानका पूर्व अध्यक्षसमेत रहनुभएका सो समितिका वरिष्ठ सल्लाहकार लालबहादुर केसी (रोशन) ले बताउनुभयो ।
भेलाको उदघाटन समारोह अपरान्ह ३ बजेदेखि र साँझ ७ बजेदेखि विविध साँगीतिक कार्यक्रमसहित रात्रीभोज रहने वामी सेवा समितिले जनाएको छ |
संस्थालाई बिशेष योगदान पुर्‍याउने ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको साधारण भेलापछि साँझ स्थानीय कलाकर्मीहरुको मनोरञ्जनपूर्ण साँगीतिक प्रस्तुती रहने सो सँस्थाका अध्यक्ष सुरेश केसीले बताउनुभयो । टोकियो गोतान्दास्थित माया रेष्टुरेन्टमा हुने उक्त कार्यक्रममा उत्साहजनक सहभागि भईदिन  सो सँस्थाले समस्त वामेली बन्धुहरुलाई हार्दिक आह्वान गरेको छ ।
विगतका वर्षहरुमा नयां वर्षको अवसरमा हुदैं आएको साधारण भेला यस पटक भने विविध कारणवश अलि ढिलोगरी हुन लागेको बुझिएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग