Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै गतिलो वास नभएकी एक बृद्धाले चन्दा दिएपछि विद्यालय चकित

Published on 9:41:00 PM //

प्रेम सुनार
गुल्मी, २३ माघ । माघ १९, २० र २१ गते तिन दिन सम्म स्वर्ण महोत्सव मनाएको घोर्ले माध्यामिक विद्यालय दुविचौर गुल्मी, आज एक्कासी गाउँकी अति विपन्न र असाहय बृद्धा आएर चन्दा दिएपछि चकित परेका छ ।
दुविचौर १ उर्लेनी पियानीडाँडाकी विपन्न र असहाय ८७ वर्षिया बृद्धा सुन्तली बिश्वकर्माले आज विद्यालयमै आएर ५२ सय रुपैयाँ चन्दा दिएपछि विद्यालय परिवार चकित परेको हो । बृद्धा सुन्तलीको भत्कीएको सानो झुपडी छ, विहान खाए बेलुका के खाउँ छ । जसको श्रीमानको मृत्यु भएको एक दशक भयो । ‘उहाँका छोरा छोरी पनि छैनन् ’–त्यस विद्यालयका प्रधानध्यापक विष्णुराज गिरीले भन्नु भयो–‘यस्ती विपन्न र असहाय बृद्धाले विद्यालयमै आएर ५२ सय रुपैयाँ पटुकीबाट निकालेर चन्दा दिँदा बाउन्न करोड दिए जस्तो लागेको छ ।’
प्रधानध्यापक गिरीले त्यस्ती दयाकी पात्रले चन्दा दिदा आफ्नो आँखा रसाएको बताउनु भयो । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर बस्नेतले विद्यालयलाई चन्दा पैसावालाले मात्रै दिन्छन भन्ने मानसिकता उहाँले् तोड्नु भएको बताउनु भएको वताउनु भयो । ‘एक महिना सम्म प्रत्येकका घरमा चन्दा माग्न जाँदा पैसावालाहरुको नमिठो बचन पनि सहनु प¥यो ’–वस्नेतले भन्नु भयो –‘यस्ती विपन्न बद्धाले विद्यालय मै आएर चन्दा दिदा त्यस्ता पुँजीपतिहरुलाई चुनौती थपिएको महशुस गरेका छौं ।’ बृद्धा सुन्तलीले आफुले कतै टाढा तिर्थ गर्न नगएको र कुनै ठुलो यज्ञ–जग्गे लगाउन नसकेकोले पुण्य कमाउन स्कुललाई सहयोग गरेको बताउनु भयो । उहाँले दान भन्ने कुरा धन भएकाले होईन मन भएकाले गर्छन भन्ने कुरा बुझ्न आग्राह गर्दै आफ्नो सन्तान नभए पनि अरुका सन्तानले पढ्न पाए आफुलाई ठुलो सन्तोष प्रप्त हुने धारणा राख्नु भयो ।
घोर्ले माध्यामिक विद्यालयले उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा यसै समाचारदातालाई आतिथीका रुपमा आमन्त्रण गरिएको थियो भने विद्यालय ब्यबस्थापन समिती अध्यक्ष हुमबहादुर वस्नेतको अध्यक्षता, शिक्षक खुमबहादुर खत्रीको स्वागत मन्तब्य र प्रधानध्यापक विष्णुराज गिरीको सञ्चालन रहेको थियो ।

उनै चन्दादाता सुन्तली बिश्वकर्मालाई विशिष्ट सदस्यको प्रमाण पत्र सहित दोसाल्ला ओढाएर सम्मान गर्दै अध्यक्ष हुमबहादुर बस्नेत र प्रधानध्यापक विष्णुराज गिरी

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग