Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक विस्तारका क्रममा जग्गा मिचीएकाहरुलाई रकम बाँडिदैं

Published on 12:15:00 AM //

प्रेम सुनार 
गुल्मी, १९ माघ । ग्रामिण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडिपी) गुल्मीले सुरु गरेका सडक विस्तार कार्यका क्रममा जग्गादान गर्ने जग्गाधनीहरुलाई प्रोत्साहन स्वरुप प्रतिघरधुरी २ हजारका दरले रकम बाँड्ने भएको छ ।
सो कार्यालयकी परामर्शदाता पार्वती हितानले दिएको जानकारी अनुसार माघ  २८ गतेबाट रुद्रवेणी-वामीटक्सार सडक खण्डको जोहाङ गाविसका ३५ घरधुरीबाट सो रकम बाँड्ने कार्याक्रम सुरु हुनेछ । क्रमशः सो सडक खण्डको जुनियामा ४ घरधुरी, रुपाकोटमा २२ घरधुरी, तुराङ्गमा १५ घरधुरी , आँपचौरमा १६ घरधुरी, कुर्घामा ३० घरधुरी र वामीमा १५ घरधुरीले २ हजारका दरले रकम पाउने छन् ।
  लगत्तै तम्घास सिमलटारी पुर्कोटदह सडक खण्डको अमरपुरमा १५ घरधुरीलाई, अर्जैमा २ घरधुरीलाई, मरभुङ्ग २२ घरधुरीलाई, वाग्लामा ८ घरधुरीलाई, सिर्सेनीमा ८ घरधुरीलाई विरतरण गरिने छ । त्यस्तै आरआईडिएपीले नै सुरु गरेको सुख्खा मौसमी सडक रुद्रवेणी पाहदीमा पर्ने १६, ठुलो लुम्पेक, अस्लेवा लगायतका गाविसमा रकम वितरण गरिनेछ ।
कुल ५ सय  ३ घरधुरीलाई तत्काल बाँड्न रकम नपुगेकोले यसपाली २ सय ५० जनालाई मात्र ५ लाख रकम वितरण गरिने परामर्शदाता पार्वती हितानको भनाई छ । घर तथा संरचना क्षति भए मध्ये राहत स्वरुप १ लाख ४१ हजार रुपैयाँ सो कार्यालयले वितरण गरी सकेको हितानले जानकारी दिईन् । प्रोत्साहन रकम यस अघि कार्यालयले ११ लाख ३० हजार वितरण गरी सकेको छ ।  
  सडक विस्तारका क्रममा तम्घास छल्दी पनाहा हुलाके उप–परियोजना अन्तर्गत हस्तीचौर ६ की डालकुमारी कुँवरले गम्भीर क्षति बोहोर्नु परेको छ । उनको १ सय ३५ वर्ग मिटर जग्ग क्षति भएको छ । सोही गाउँका रामलाल घिमिरेले १२ वर्ग मिटर, भागिरथ योगीले १ सय ११ वर्ग मिटर क्षति बेहोरे पनि जम्मा २ हजारमा चित्त बुझाउन परेको प्रति उनिहरु असन्तुष्ट छन् । स्थानिय अनुगमन समितिका संयोजक बेगमबहादुर बोहराका अनुसार क्षति पुर्ति रकम वितरण जायज रहेको छैन् ।
  त्यस्तै गम्भीर क्षति वेहोर्नेहरुमा रिडी रुद्रवेणी खैरेनी उप–परियोजना अन्तर्गतका गाविसका जनता पनि थुप्रै छन् । हसरा १ का भिमबहादुर वोटे माझीले १८ वर्ग मिटर, ग्वादी ५ की कुन्तीदेवि कुँवरले २६ वर्ग मिटर र रुरु ४ की विपन्न परिवार ज्ञानकुमारी नेपालले ३५ वर्ग मिटर जमिन सहित घर नै उच्च जोखिमा राख्नु परेको छ ।
  यि सहित सयौं जनता आरएआईडिपीको सडक विस्तार कार्यबाट पिडित छन् । तर सो परियोजना डिसेम्वर देखि समाप्त भई सकेको छ । अर्को परियोजना नआए अहिले सम्म गरेका कार्याहरु अलपत्र हुने भएका छन् । श्रोतका अनुसार कुनै अर्को परियोजना गुल्मीमा आएर ति सडकहरुको निर्माण कार्यलाई निरन्तरता दिनेछ ।
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग