Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँको खानेपानीको मुल थुनेर बारीमा सिँचाई, गाउँले खानेपानीबाट बन्चित

Published on 7:48:00 PM //

प्रेम सुनार
गुल्मी, १९ माघ । समाजमा अझै पनि गरिव सर्वसाधरण माथी हैकम जमाएर आफ्नो मात्रै स्वार्थ लिने र अरुको अधिकार खोस्ने मानिसहरु हट्न सकेका छैनन् । उदाहरण त विकट गाविस दर्लिङ्ग २ पाटाखर्क निवासी दुर्गाबहादुर के.सीले वडा नम्वर १ र २ का ७० घरधुरी जनताले पिउने पानीको मुहानबाट आफ्नो सुख्खा पाखोबारीलाई खेत बनाएर  सिंचाई गरी दशमुरी भन्दा बढि धान फलाउने गरेका छन् ।
उनले वडा नम्वर २ साउने पानी मुल देखि तल उपल्लो पंधेरोबाट सिचाई गरेर आफ्नो पाखोवारीलाई गैरीखेत बनाएका छन् भने त्यहाँका जनता पिउने पानीको अभावमा काकाकुल हुने अवस्थामा छन् । उनले सिचाईका लागि त्यस मुलबाट पानी लगेपछि  यो हिउँदमा उपल्लो पँधेरो, सिुर्मुबुटा पँधेरो र तल्लो पँधेरे सुख्खा रहेको र आफुहरु पिउने पानीको अभावमा काकाकुल हुने अवस्था रहेको स्थानिय सुरेन्द्र अधिकारीले गुनासो गरे ।
  त्यो शिवाय त्यस गाउँमा पानीको मुहान कतै छैन् अधिकारीले भने यो जमनामा अधिकारीको हैकमले आजित भएर हामी केहि घर धुरी जिल्ला प्रहरी कार्यालयमा न्याय माग्न आएका छन् । केसीले माघ ९ गते पाटाखर्कका कृष्ण बिश्वकर्मा बोल्न र कान सुन्न नसक्ने उनका दाजु काशरीराम बिक , सुरेन्द्र अधिकारी र वलबहादुर अधिकारीले पिउँदै आईरहेको पानीको मुहान समेत कब्जामा लिएर पाईप काटेर पिउने पानीबाट उनिहरुलाई बञ्चीत गरेपछि जिल्ला प्रहरी कार्यालयमा केसी विरुद्ध उजुरी परेको छ ।
   केसीले गाउँवासीलाई भनेर सिंचाई कार्यालयबाट लगेको सिचाई योजना समेत अरु कसैलाई नदिई आफ्र्नै खेतमा सिंचाई गर्दै आएको र सो रकमको पनि खोजी हुनु पर्ने अधिकारी लगायतका गाउँवासीले माग गरेका छन् । ५७ वािर्षय पाटाखर्कका नरबहादुर अधिकारीले भने हामीले त्यो मुलको पानी पहिले देखि मिलेर खाएका थियौं तर सवैले सिचाई गर्नका लागि योजना परेको छ भनेर दुर्गाबहादुरले नागरिकताको फोटोकपी मागेर लगे र  पछि योजना पनि पारे  तर आफ्नै खेतमा, हामीलाई केहि मिलेन्  । ’ उनले त्यसको हिसाव  किताव केसीले गाउँवासीलाई दिनु पर्ने माग गरे ।
  केसी विरुद्ध उजरी परेको र दुबैपक्षलाई बोलाएर छलफल गराईने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक निशान्त श्रीवास्तवले बताए । श्रीवाीस्तवले कसैलाई पिउने पानी छैन कसैलाई सिचाई ? यस्तो विषयलाई गम्भीर रुपले लिईने बताए । ईन्सेक जिल्ला संयोजक यज्ञ भुसासले पानी पिउन पाउने जनताको अधिकारबाट त्यसरी बञ्चीत गराउने त्यस्ता ब्याक्ति विरुद्ध ईन्सेकले पनि गम्भीर रुपले लिएको बताए । आरोपित केसीसंग सम्पकै राख्दा सम्पर्क हुन सकेन् ।  प्रहरीले पनि उनि संग सम्पर्क हुन नसकेको बतयो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग