Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेत्र ज्योति संघ गुल्मीको उत्कृष्ट कार्य: एक रिर्पोट

Published on 10:11:00 PM //

प्रेम सुनार 
गुल्मी, २६ माघ ।  हिजो देखि शुरु भएको नेपाल नेत्र ज्योती संघ गुल्मीको १८ आंै जिल्ला सभाको बन्द सत्रले बिभिन्न निर्णयहरु गरेको छ । बन्द सत्रले सचिव अखिलेश्वरप्रसाद पाण्डेद्वारा प्रस्तुत प्रतिबेदनलाई पारित गरेको छ । त्यस्तै कोषध्याक्ष डिल्लरिाज भुसालद्रारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पारित गरेको सचिव पाण्डेले जानकारी दिनुभएको छ । 
आर्थिक बर्ष २०६९- ७० को आय व्यायको लेखा परीक्षण  पनि बन्द सत्रले अनुमोदन गरेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि प्रस्तावित बजेट पनि पास गरेको छ । कोषध्यक्ष डिल्लीराज भुसालद्वारा ६६ लाख ४ सय ३५ रुपैया गत आर्थिक वर्ष ६९÷०७० को आम्दानी पेस गरिएको छ ।
  उहाँद्वारा प्रस्तुत प्रतिवेदनमा नेत्रज्योति संघ गुल्मीको कुल सम्पती ११ करोड १३ हजार १ सय ६८ रुपैया रहेको छ । उहाँले यस चालु आर्थिक वर्षको लागि ५२ लाख २ हजार ३ सय ४७ रुपैया खर्च छुट्याउनु भएको छ । त्यस्तै ६३ लाख १५ हजार ५ सय १६ रुपैयाँ मध्ये ३ लाख २३ हजार १९ रुपैयाँ बचत गरिएको उल्लेख छ ।
   बन्द सत्रले प्राथामिक आँखा उपचार केन्द्र वामीका लागि ५० लाख भन्दा बढी मुल्य बरावरको जग्गादान गर्ने र ३० लाख भन्दा बढी मूल्यको भवन समेत बनाई दिने घोषणा गर्नु भएका वामी ६ का अगुवा समाज सेवी कृष्णहरी सापकोटा र तम्घास आँखा उपचार केन्द्रका प्रमुख सुर्यबहादुर बस्नेतलाई गरिएको सम्मान प्रति सन्तोष व्यक्त गर्दै आभार प्रकट समेत गरिएको छ ।
  बन्द सत्र सस्थाका सभापति भरतबहादुर चन्दको सभापतित्व र सचिव अखिलेश्वरप्रसाद पाण्डे, सह–सचिव गुणनिधी शर्माको संयोजनमा सम्पन्न भएको थियो । संघको १८ आंै जिल्ला सभाका अवसरमा संघले गरेका उत्कृष्ट कार्य र सहयोगदाताका सम्वन्धमा ओझेलका खवर युनिटले रेडियो रिर्पोट तयार गरेको छ । सुनौं  सहकर्मी माया पुनबाट:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग