Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा जिल्लाकै पहिलो स्रोत केन्द्र जहाँ सबै बालबालिका बिद्यालय जान्छन्

Published on 10:58:00 PM //

तेजेन्द्र थापा
गुल्मी, माघ २६ । गुल्मी जिल्लाको शान्तिपुर स्रोत केन्द्र जिल्लामै पहिलो बिद्यालय बाहिर बालबालिका नरहेको स्रोत केन्द्र बन्न सफल भएको छ । जिल्ला शिक्षा कार्यालयको कार्यक्रम अनुसार आज गुल्मीको शान्तिपुरमा शान्तिपुर स्रोत केन्द्रलाई बिद्यालय बाहिर बालबालिका नभएको स्रोत केन्द्र घोषणा गरियो ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिनाथ अर्यालको सभापतित्वमा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक झविलाल बिक र जीवन खनाल तथा शान्तिपुर स्रोत केन्द्रका स्रोत ब्याक्ति किस्न कुमार गैरे त्यसैगरी यस स्रोत केन्द्र अन्तर्गतका सम्पूर्ण बिद्यालयका प्रअ, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगाएतको उपस्थितिमा उक्त कार्यक्रम घोषणा गरियो । सोहि कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले यस स्रोत केन्द्र अन्तर्गतका सबै गाविसमा कुनै पनि बिद्यालय उमेरका (५ वर्ष देखि १२ बर्ष) बालबालिका बिद्यालय बाहिर नरहेको जिकिर गरेका थिए ।
सोहि कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले यस स्रोत केन्द्र अन्तर्गतका बिद्यालयका ८७ जना गरिब तथा असाहाय बिध्यार्थिहरुलाई नगद अनुदान  सहयोग गरेको थियो । त्यसै अबसरमा श्री उदय उच्च माबि शान्तिपुरमा अध्यनरत २ जना विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयले थप अनुदान समेत प्रदान गर्यो । नेत्र बिहिन खडक बहादुर थापाका छोराछोरीलाई उक्त थप अनुदान प्रदान गर्यो भने उक्त
विद्यार्थीलाई चक्रेश्वर बोडिंगले पोशाक र भानु बोडिंगले शैशिक सामग्री सहयोग प्रदान गर्यो । उक्त बिध्याथिका बाबु खडक बहादुर थापाले दुवै आखा देख्दैनन भने लौराको साहयताले भारि बोकेर परिवार पाल्दै आएका छन् । उनको आर्थीक अवस्था अत्यन्तै दयनीय छ । एउटी ८० बर्षीय  बुढी आमा एउटी आफु जस्तै दुवै आखा नदेख्ने दिदि र १ छोरा र १ छोरीलाई उनले लौरोको भरमा भारि बोकेर पाल्दै आएका छन् ।





0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग