Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङको पश्चिममा हिमपात भएपछि स्थानीय जनजीवन प्रभावित

Published on 8:00:00 PM //

बागलुङको पश्चिममा हिमपात भएपछि स्थानीय जनजीवन प्रभावित
राम सुवेदी
बुर्तिबाङ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका विभिन्न स्थानमा हिजोदेखि परेको अविरल वर्षले स्थानीयको जनजीवन प्रभावित पारेको स्थानीइले बताएकाछन् ।
यस क्षेत्रमा गत शुत्रबारदेखि वर्षात भएपनि धेरै स्थानमा गएरातिबाट हिमपात भएको हो । जाडो मौषम सकिन लागेको र भरखर गर्मीयामको सुरुवातसँगै एक्कासी मौषममा देखिएको परिवर्तनसँगै हिमपातहुँदा स्थानीय जनजीवन प्रभावित भएको छ । त्यस स्थानका कृषकहरु यतिवेला आलु लगाउने सिजन भएकाले घरदेखि माथिका धुरीमा रहेका वारीमा आलु रौप्दै रहेको अवस्थामा अचानक भएको वर्षात र हिमपातले समस्यामा पारेको खुँखानीबाट जयप्रकास सुन्चौरीले बताउनुभएको छ ।  सुन्चौरीका अनुसार खुँखानीको थास्पुरी, नर्जाखानी लगायतका स्थानमा हिमपात हुँदा गाई वस्तु वनमा लैजान समस्या परेको छ भने सामान ढुवानीका लागि त्यस स्थानमा चल्ने घोडा खच्चडहरुसमेत हिडेकाछैनन् । त्यस स्थानमा तीन फिटसम्म हिउँ परेकाले मानिसहरु आवत जावतमा समेत समस्यामा परेको बताउनुभएको छ ।
त्यस्तै तमानमा पनि अहिले विहानदेखि हिमपात भएको छ । हिमपातपछि स्थानीयहरुलाई आवतजावतमा समस्यामा परेका तमानबाट स्थानीय मुकेन्द्र सिर्पालीले जानाकारी दिनुभएको छ । उता जिल्लाको बोबाङ गाउँ विकास समिति तथा अधिकारीचौरमा पनि त्यस स्थानका माथिल्ला भुभागमा हिमपात भएको स्थानीयले बताएकाछन् । विषेश गरि ढोरपाटन क्षेत्रमा आलु लगाउने सिजन भएकाले त्यस स्थानका कृषकहरुलाई हिमपातले प्रभाव पारेको ढोरपाटनबाट दीपक थापाले जानाकारी दिनुभएको छ ।
पश्चिमी क्षेत्रका खुँखानी, तमान, बोंगादोभान, बोबाङ निसी तथा ढोरपाटन क्षेत्रमा हिमपात भइरहेको स्थानीयले जानाकारी दिएकाछन् ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग