Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेम दिवस, प्रेम सुनार र सम्झनामा नयाँगाउँले अनी तुराङे पञ्चेवाजा (अडियो)

Published on 8:23:00 PM //

हिजो भ्यालेनटाईन डे बिशेष रेडियो कार्यक्रम चलाएर धेरै मनोरञ्जन दिने, कैयौं मन छुने र ससुराले भुँडी बोकाएका हुन भन्ने जस्ता महिलाहरुको भण्डाफोर गर्ने सम्मको सामग्री ओझेलका खवर भाग २ पस्कीने तयारी थियो । तर दुर्भाग्य हामीलाई गुल्मी जिल्लामा हिंजो देखि गएको बत्तिले घात ग¥यो ।
बत्ति आउने समय पर्खिदै गर्दा प्रेम र विवाह अनि तिनै पञ्चेवाजा र उनैको झझल्को आयो । आँगनमा लगाईएको जग्गे, खाली पैतला संगै वरीपरी घुमेको सम्झे, त्यो स्वामी र पिपलको विचमा रहेको चौरमा चिउरा मागेको, कोही कोही मान्छे लजाएको, आँख छलेर चिमोटेको, उनले पनि नजानिँदो गरेर चिमोटेको, मुटु एक्कासी भुक्कभुक्क.... खै कस्तो.........कस्तो ............, निसास्सीँदो स्वास प्रतिस्वास..........नौलो मान्छे नौलै अनुभुति............तर साथमा धेरै आदरणीय मान्छेहरु । बोलुँ बोलँु त लाग्छ भो जलाई पनि, मलाई पनि त्यो कल्पनामा लागेकै थियो, सायद उनलाई पनि ............फेरी उनै दर्शनीहरु घन्काए बाजा । मलाई पनि नाच्न कर गरियो । संगै नाच्ने फेशन आ’को, नाचियो पनि त्यही बारुले कम्मर रातो झल्कीनै साडी संगै एकछिन ्। वाह.............त्यो क्षण...........।
एकछिन पछि खै के के भयो.........यस्तै यस्तै रिर्पोटको विचमा ओझेलका खवरमा प्रशारित तिनै तुराङ र नयाँगाउँका प्रशिद्ध पञ्चेबाजा राख्ने मेरो धोको पुरा हुन सकेन र मैले हिजो मेरा प्रिय श्रोतालाई पनि निरास बनाउन पुगे केवल बत्तिका कारण । कृपया आज तिनै बाजा मात्रै भए पनि सुन्ने कि ?
जुन रिर्पोटको विचमा तुराङका बाजा पुनः प्रशारण गर्ने मन पनि थियो । यसर्थ अरु नसके पनि ल्यापटपको साहरा लिएर तुराङका तिनै बाज मात्रै भए पनि ओझेलका खवर युनिट लभ गरेका जोडीहरु मध्ये भागेर होईन बाजै बजाएर विवाह गर्न चाहेकाहरुलाई समर्पित गर्दछ:

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 
अब सुनौ तुराङको चर्चित पञ्चे बाजा पनि

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग