Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वामी श्री हरीदास जी गुल्मीमा, तिन दिवसीय साधना सिविर सम्पन्न

Published on 4:33:00 AM //


यस ब्रम्हाण्डका पंचम मूल जगतगुरु श्री कृपालु जी महाराजको गोलोक प्रणा़यनको अवसरमा हरिगुरु प्रीत्यर्थ गुल्मीमा आयोजित त्रिदिवसीय साधना शिविर तथा सामाजिक जनहितकारी कार्य सम्पन्न भएको छ ।
राधामाधव समिित गुल्मीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा देशका बिभिन्न स्थानबाट पनि ठुलो मात्रामा उपस्थिति जनाइएको थियो । जगतगुरु श्री कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी श्री हरीदास जीको सानिध्यमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, निमित्त जिल्ला न्यायाधिस होमनाथ पंथी, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, निमित्त जिल्ला प्रहरी प्रमुख निसान्त श्रीवास्तव, विश्व हिन्दु महासंघ गुल्मीका सभापति सुरेश भुसाल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सर्वसाधारणले हरिगुरुको दिव्य अस्तुको दर्सन तथा श्रद्धा सुमन ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जन ज्योति मा वि मा अध्ययन गर्न् दृष्टिविहिन १८ जना लाइ सेतो छडि, बेलेनकेट, तातो कपडा तथा शिक्षा सामग्रि र उपल्लो तमघास मा वि माअध्ययन गर्न्े १८ जना सुस्त श्रवणहरुलाई, बेलेनकेट तातो कपडा र शिक्षा सामग्रि  बितरण गरिएको थियो । रिडिमा रहेका बटुक, साधु तथा कल्पबासी गरि जम्मा ५७ जना लाइ पनि, बेलेनकेट तातो कपडा र अन्य सामग्रि  बितरण गरिएको थियो । २७ गते  जगतगुरु श्री कृपालु जी महाराजको दिव्य अस्तु अंश पवित्र धार्मिक स्थल रुरु क्षेत्र मा बिसर्जन गरिएको थियो ।
हेरौँ सोही कार्यक्रमबाट केही तस्बिरहरु:







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग