Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी, स्याङ्जा र पर्वतका जनतालाई सेवा पुग्ने पुल बन्दै

Published on 2:28:00 PM //

प्रतिक्षा काफ्ले
स्याङ्जा २२, माघ । स्याङ्जाको तीनदोबाटे र थुमपोखरा गाविसको माझमा पर्ने बायाखोला स्थित तीन जिल्लाका जनतालाई सेवा पुग्ने गरी मोटरेबल पुल निर्माण हुन थालेको छ । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका जनतालाई सेवा पुग्ने गरी मोटरेबल पुलको निर्माण हुन लागेको हो ।
झोलुङ्गे पुल भएको हुनाले त्यहाँका जनताहरुले यातायातमा सुविधा नपाएपछि स्थानीयको मागमा मोटरेबल पुल बन्ने भएको हो । आँधीखोला बीचमा पर्ने भएपछि बषौ बाट त्यहाँका जनताहरु झोलुंगे पुलमा ओहोरदोहोर गर्ने गर्थे भने कयौं घण्टाको बाटो हिडेर आफ्नो बासस्थान गाँउ जानुपर्ने थियो । जनताहरुले मोटरेबल पुलको आवश्यकता परेको महसुस गरेपछि मोटरेबल पुलको माग राखेको स्थानीय लक्ष्मीप्रसाद डुम्रे बताउछन् ।

राष्ट्रिय योजना आयोगको छनौट अन्तगर्त परेको उक्त मोटरेबल पुल सडक डिभिजन कार्यलय पोखराले समन्वय गरेको सडक डिभिजन कार्यलय पोखराका सव इन्जिनियर होमनाथ पौडेल बताउछन् । ‘३ करोड ८१ लाख लागतमा ७५ मि. लम्बाई ७.२ वटा आरसिसि एन आर एकको डिजाइनमा मोटरेबल पुल बनाउन लागेको हो ।’ पौडेलले भने ‘०६९ असार ३० गते बाट निर्माण गर्न थालिएको उक्त पुल ०७१ असार मसान्त सम्म सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि लक्ष्य भन्दा दुई महिना अगाडि सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’ उनले थपे ‘यहाँका स्थानियको उत्साहका साथ सहयोग भएको हुनाले लक्ष्य भन्दा पहिले नै निर्माण कार्य सम्पन्न हुन्छ ।’

‘एउटा मोटरेबल पुल नभएपछि यहाँका जनता मात्र नभएर तीन जिल्लाका जनताले समेत सास्तु बोहेर्नु परेको थियो’ बायाटारी डुमे्र भन्ज्याङ्ग पर्वत ग्रामिण सडक समितिका अध्ययक्ष लक्ष्मीप्रसाद डुम्रे बताउछन् । उनले भने ‘आँधीखोलामा रहेको झोलुङ्गे पुलसम्म जीवमा आउने जनताहरु झोलुङ्गे पुलमा हिडेर वारपार गरेपछि फेरी गाँउको जीव तर्फ लाग्ने गर्थे, गाँउको लागि राखिएको महेन्द्र जीवको समेत काम नआउने देखिए पछि यहाँका जनताहरु मेटरेबल पुलमा बढी उत्साहित भएका हुन ।’
जनताहरु बजार झर्न र सदरमुकाम जानको लागि दिनै विताउन पर्ने भएपछि र यातायातमा सुविधा नपाएपछि मोटरेवलमा चासो देखाएको स्थानीयको भनाई रहेको छ । उक्त बन्न लागेको मोटरेबल पुल स्याङ्जाका जनतालाई समेत नभएर पर्वत र गुल्मीका जनतालाई समेत सेवा पुग्ने स्थानीयको भनाई रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग