Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुर्ति सेलाउन गएका विद्यार्थी तमोर नदीमा डुबेर वेपत्ता

Published on 2:29:00 PM //

धनकुटा, माघ २२ । सरस्वतीको मूर्ति सेलाउन गएका धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अध्ययनरत एक विद्यार्थी आज दिउँसो धनकुटाको मुलघाटको तमोर नदीमा डुबेर बेपत्ता भएका छन् ।

सरस्वती पुजाको दिन क्याम्पसमा बनाइएको मूर्ति सेलाउने क्रममा आज दिउँसो बेलहारा गाविस–९ मुलघाटस्थित तमोर नदीमा डुबेर भीरगाउँ गाविस–३ का २१ बर्षीय दशन योञ्जन तामाङ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक बासुदेव चौधरीले बताउनुभयो । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा बिबिएस तेस्रो वर्षमा अध्ययनरत तामाङ मूर्ति सेलाउने क्रममा साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा बेपत्ता तामाङको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग