Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङ सहकारीको सातौ वर्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

Published on 1:56:00 PM //

बागलुङको बुर्तिबाङ स्थित बुर्तिबाङ बचता तथा ऋण सहकारी संस्था लि.को सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामनारायण सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बैंक लि. शाखा बुर्तिबाङका प्रमुख हरी बहादुर भुजेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भुजेलले उदघाटन शत्रको कार्यक्रममा ७ वटा मैनवत्ति प्रज्ज्वलन गर्दै उद्घाटन गुर्नभएो छ । उदघाटन पछि आफ्नो मन्तव्य राख्ने क्रममा भुजेलले, गाउँ घरमा रहेका न्यून आय स्रोत भएका नागरिकलाई संगठित गरि उनीहरुको सानो पूँजीलाई एकत्रित गर्दै आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन महत्वपूर्ण योगदानपु¥याएको भन्दै थप प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका बोल्नै अन्य वक्ताले समेत, सहकारीका सदस्यहरुलाई सामाजिक दायित्वसँग जोडेर उनीहरुको आर्थिक उपार्जनमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्न र आत्मनिर्भर बनाउन योगदान पु¥याएको भन्दै सहकारीका कार्यक्रमहरुलाई अझै शसक्त बनाउन जोड दिएका थिए ।
यसरी बोल्ने वत्ताहरुमा उत्तरगंगा उच्च माध्यमिक विद्यालय बुर्तिबाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकपति सापकोटा, बुर्तिबाङ व्याडमिन्टन संघका अध्यक्ष यामु पौवि, सहकारी संस्थाका सल्लहकार समिति सदस्य दुर्गादेवि घर्ति मगर, शेयर सदस्य दीपकराज आचार्य, स्वरोजगार कोष ऋण सदस्य हिमनाथ कुवँर लगायतका रहनुभएको थियो । सोही अवसरमा संस्थाले उत्कृष्ठ बचत कर्ता, ऋणी सदस्य, लगायतलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा दैनिक बचत तर्फ उत्कृष्ठ बचत कर्ता पूर्ण कुमारी कुमाल, वालहितकोष बचत कर्ता प्रशंसा कुवँर, स्वरोजगार कोषका उत्कृष्ठ ऋण समुह बुर्तिबाङ पूर्कोटको नमुना कृषक समुह तथा उत्कृष्ठ रेमिट कारोवार कर्ता कृष्ण भुसाल रहनुभएको छ ।
उद्घाटन शत्रको कार्यक्रमको समापन गर्दै संस्थाका पूर्व अध्यक्ष रामनारायण सुवेदीले संस्थाले हालसम्म स्थानीय स्तरमा रहेको सामान्य जनस्तरका नागरिकलाई संस्थामा न्यून रकमको शेयर सदस्यबनाई उनीहरुको आर्थिक पक्ष वलियो पार्न कृषि रणनिति तय गर्दै उनीहरुलाईनै बढी लगानी गरेको बताउनु भएको छ । सहकारीले हालसम्म कृषि समुह गठन गर्ने, उनीहरुका लागि तालिम दिने, बचत गर्न सिकाउने र व्यवसायिक बनाउन ऋण सहयोग गरिरहेको सुवेदीको भनाई थियो । त्यस्तै उहाँले थप बोल्द,ै संस्थाको आफ्नो रणनैतिक कार्यायोजनालाई ध्यानमा दिंदै हालैका दिनमा नेपाल सरकारको साना व्यवसायी तथा स्वरोजगार कोषबाट संस्थाले कर्जा लिई कृषि क्षेत्र अन्तरगतकै २७ जना युवालाई विना धितो स्वरोजगार बनाउन भुमिका निर्वाह गरेको बताउनुभएको छ । हाल संस्थाले स्वरोजगार कोषको २७ लाख रुपैयाँ लगानी गरि सकेको र निकट भविश्यमै १८ लाख रकम लगानीको तयारीमा रहेको बताउनुभएको छ ।
उदघाटन शत्रको कार्यक्रम संस्थाका सह सचिव चन्द्रसिंह रामजालीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव नरहरी भुसालले गर्नुभएको थियो । यसैबीच संस्थाको अधिबेशनको कार्यक्रम टेकपति सापकोटाको अध्यक्ष मण्ठलमा गठन भई सुरु भएको थियो । उक्त अवसरमा संस्थाका सचिव नरहरी भुसालले संस्थाको प्रगती प्रतिवेदन तथा भावी कार्याक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कुलबहादुर सिंजालीले कुल ७३ लाख ३२ हजार, ५ सय ३३ वरावरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षमा संस्थाले ५ करोड, ५३ लाख ९ सय ३२ बरावरको कारोवार गरेको छ ।
अधिवेशनले कुलहादुर सिंजाली मगरको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी वानियाँ, सचिवमा पूर्ण प्रसाद भुसाल सह सचिवमा दीपकराज आचार्य, कोषाध्यक्षमा चन्द्रसिंह रामजाली तथा अन्य सदस्यहरुमा शेषकान्त खरेल, मनमायाँ शेरचन, बेगबहादुर पुन, र सोमबहादुर पौवी रहनुभएको छ । त्यस्तै अधिवेशनले नगेन्द्र खरेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति, शेषकान्त खरेलको संयोजकत्वमा तीन सदस्यीय ऋण समिति, तथा ऋण असुली उपसमिति, शिक्षा समिति र बचत समिति समेत गठन गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग