Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गरिवी, घरेलु हिंसा र परिक्षामा फेल भएपछि आत्महत्या

Published on 11:57:00 PM //

प्रेम सुनार
गुल्मी, २५ माघ । गरिवीका कारण र परिक्षामा फेल भएपछि गुल्मी जिल्लामा एकै दिनमा दुई जनाले आत्महत्या गरेका छन् भने २ जनाले आत्महत्या प्रयास गरेका छन्् । छापहिले गाविस वडा नम्वर ९ वस्ने वर्ष ६४ का वाले बि.कले गरिवी कारण र तम्घास ५ की १५ वर्षिया पुष्पा टण्डनले परिक्षामा फेल भएका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै अर्खले ७ की ३० वर्षिया कमला परियार र तम्घास मिलनचोकका अस्थाई वासीन्दा कपुर मेहताले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । उनिहरु दुवैको पाल्पा रिफर गरी उपचार भई रहेको प्रहरी निरक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । यि दुई जनाको भने कारण खुल्न सकेको छैन ।
त्यस्तै तिन अघि मात्र नेटा ५ की २५ वर्षिया कमला सुनारले पटक पटक श्रीमान लक्ष्मण सुनारले कुटपिट गर्दै आएपछि आत्महत्याको प्रयास गरेकी थिईन् । उनले स्थानिय जंगलको रुखमा झुण्डएर आत्मा हत्या गर्न लागेको देखेपछि स्थानिय महिला रनमाया पुनले उद्धार गरेकी थिईन् । उनका श्रीमानले मदिरा सेवन गरी सधै जसो जसो कुटपिट गर्ने गरेकोले बाँच्नु भन्दा मर्नु निको भन्दै आत्महत्या गर्न लागेको कमलाले बताईन् । आठ वर्ष अघि विवाह भएको उनका दुई छोराछोरी छन् । अहिले माईतीमा गएर बसेको र उनि असुरक्षित रहेको नेटाकी महिला विकास समितिकी अध्यक्ष समेत रहेकी पुनले जानकारी दिईन् ।
परिक्षामा फेल भएकी तम्घासकी पुष्पा टण्डनले रिर्डश पब्लिक हाई स्कुल तम्घासमा कक्षा ९ मा पढ्दै थिईन् । विद्यालयको आन्तिरक परिक्षामा फेल भएको प्रिन्सीपल श्रीप्रसाद भलामीले बताए । जिल्लामा गत श्रावण महिना देखि हाल सम्म ३६ जनाले आत्महत्या गरेको प्रहरी कार्यालय मुद्धा शाखाका प्रहरी सहायक निरक्षक सत्यनारायण यादवले बताए । गोर्खा र गुल्मी आत्महत्या गर्नेहरुमा अगाडी रहेको प्रहरी निरक्षक श्रीवास्तवले बताए ।

आत्महत्या की हत्या ?

यसै विच गत कार्तिक २२ गते गुल्मीको दौंघामा झुण्डिएर मृत्यु भयो भनिएकी एक महिलाका माईतीजनले उनका परिवारले हत्या गरेको आरोप लगाएका छन् । दौघा ९ घर भई अर्घाखाँचीको पंडेना १ माईती भएकी २४ वर्षिया मिना ज्ञवाली घर स्थित स्थानिय जंगलमा कार्तिक २२ गते झुण्डीएको अवस्थामा मृत फेला परेकी थिईन् । त्यसको केहि महिना अघि उनका श्रीमान मदन ज्ञवालीले गर्भपतन गर्न दवाव दिएको र दुई वर्ष अघि विवाह भएकी उनलाई दाईजो कम दिएका कारण डेढ महिना पछि हेला गर्दै आएको उनकी आमा जयन्त पौड्यालले बताईन् ।
तिहारमा आएकी छोरी घर अव जान्न मेरो ज्यान लिन सक्छन् भनेकी थिई छोरीले उनले भनिन् ज्वाई भन्नेले सिकीस्त विरामी छु मुख भेट्न आईज भनेपछि हामीले कर गरेर पठायौ, आखिर उनि विरामी रहेन्छन गएको दुई दिनमैं मारियो । उनले छोरीले आत्महत्या गरेको पटक्कै स्वीकार गर्न सक्दिनन् । मेरी छोरीको सन्तान जन्माउने ठुलो रहर थियो तर उसको श्रीमानले जवर जस्ती फाल्न लगाए पछि छोरी रुँदै हिँड्दै गरेकी थिइन् जयन्तले भनिन् ।
मिनाका दाजु काशीराम पौड्यलले पनि श्रीमान र उनका परिवार मिलेर मारेको र प्रहरी प्रशासनलाई पैसा खुवाएर झुण्डीएको बनाईएको आरोप लगाए । उनका अनुसार ज्वाई मदनका एक जना सभाषदले यस घटनालाई गापचुप पार्न ठुलो भुमिका खेलेका छन् । जाहेरी दिए पनि प्रहरीले मदनकै पक्ष लिई आफुहरुको बेवास्त गरेको मिनाकी वहिनीको गुनासो रहेको छ । यस्तै माईतीजनलाई मिनाका शव प्रहरीले खाली कागजमा जवर जस्ती साईन गराएर बुझ्न लगाएको पाल्पा भुवनपोखरी ५ का उनका मामा दिनानाथ पौड्यालले बताए । यता जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले भने आफुहरु पैसा वा कसैको शोर्स फोर्शमा नलागी स्वतन्त्र पुर्वक अनुसन्धन गरेको दावि गर्दै झुण्डएर उनको मृत्यु भएको बताउछन् । उनले भने–‘ तै पनि हामी थप अनुसन्धान गर्दैछौं । ’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग