Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज यूएईले बनभोज आयोजना गर्ने, उपस्थित हुन सबैलाई अनुरोध

Published on 3:26:00 AM //

कृष्ण गौतम
अबुधाबी यूएई । गुल्मी सेवा समाज यूएईले यूएईको फुजेरामा आगामी फेब्रबरी २८ तारिक शुक्रबारका दिन यूएईको पहाडी प्रान्त मानिने अति नै रमणिय स्थल फुजेहरामा एक बनभोज कार्यक्रमको आयोजना गरेको छ । यूएईका बिभीन्न स्थानमा कार्यरत गुल्मेलीहरुलाई एक आपसमा भेटघाट तथा मनोरन्जन गराउने हेतुले सो बनभोज कार्यक्रम आयोजना गर्न लागिएको हो ।
गत ०७ तारिक शुक्रबार अबुधाबीमा सम्पन्न नेपाली राजदुताबास अबुधाबीका नियोग उपप्रमुख श्री नेत्र बहादुर टन्डन ज्यु को स्वागत तथा सम्मान कार्यक्रम पछी बसेको केन्द्रिय तथा अबुधाबी क्षेत्रिय समिती को बैठकबाट उक्त निर्णय गरिएको हो । बनभोज कार्यक्रमको लागि कृष्ण गौतमको संयोजकत्वमा तयारी समिती पनि गठन गरिएको छ जसमा सहसंयोजक गोपाल कुँवर रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अबुधाबीबाट मोहन खत्री, अर्जुन बस्नेत, सालिकराम पन्त, मित्र महत, तुलसी घिमिरे रहेका छन् भने दुबईदेखी लक्ष्मण अर्याल, होमनाथ कुँवर, सिता ठकुरी, सबिता आचार्य, मदन बिस्ट, लक्ष्मण भण्डारी तथा बनभोज स्थल फुजेहरा देखी गणेश केसी रहने गरी तयारी समिती गठन गरिएको छ । अबुधाबी तथा दुबई देखी यातयातको लागि बसको ब्यबस्था गरिएको छ, बिभिन्न परिकार खानपिनका साथै मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम पनि रहने आयोजकले जनाएको छ । बनभोज कार्यक्रममा सहाभागी हुनको लागि युएईमा रहनुहुने सम्पूर्ण गुल्मेली दाजुभाइ दिदी बहिनीहरुलाई आयोजकले अनुरोध समेत गर्दछ ।
सहभागि हुन चाहनेहरुले आगामी फेब्रबरी २५ तारिक भित्र आफ्नो नाम दर्ता गराई ब्यबस्थापन समितिलाई सहयोग गर्नुहुन समेत अनुरोध गरिएको छ थप जानकारी चाहिको लागि कार्यक्रम संयोजक कृष्ण गौतमको मोबाइल नम्बर ०५५३२५०१२३ मा संपर्क गर्न सकिने छ । त्यसैगरी तल उल्लेखित नम्बरहरुमा संपर्क गर्न सकिने पनि आयोजकले गुल्मीन्युज डट कमलाई जानकारी गराएको छ ।
गोपाल कुँवर: 0558455826
सिता ठकुरी: 0552546706
लक्ष्मण अर्याल: 0505484711
मदन बिस्ट:0563670845
होमनाथ कुँवर: 0558769605
लक्ष्मण भण्डारी: 0553839616
मोहन खत्री: 0505420096
सालीकराम पन्त:0559244729
मित्र महत: 0558834788
तुल्सी घिमिरे: 0504126725
सिता शर्मा घिमिरे: 0555912967
गणेश केसी: 0556895509

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग