Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः हस्तीचौरकी बसन्ती कुँवरका लागि सहयोग

Published on 11:30:00 PM //

प्रेम सुनार
गुल्मी, २५ माघ । केहि दिन अघि रेडियो पत्रिका ओझेलका खवरमा गुल्मी हस्तीचौर ३ की स्तन क्यान्सर रोगले जिवन मरणको दोसाँधमा रहेकी वसन्ती कुँवरको सहयोगको याचना सम्वन्धी खवर प्रशारण भए पछि उनको उपचार्थ सहयोग संकलन कार्य जारी रहेको छ ।
भक्तपुरको क्यान्सर अस्पतालमा भर्ना भएकी उनको उपचारका लागि भारतको बैङ्गलोरमा कार्यरत गुल्मी दर्लामचौर १, बढ्खोला निवासी प्रदिप महतले पाँच हजार रुपैयाँ सहयोग पठाउनु भएको हो । सो रकम उनकी श्रीमति रिता महतले उनको खातामा राखी दिने जानकारी दिएकी छन् । त्यस्तै विभिन्न मुलुकमा रहेका नेपालीहरुबाट सहयोग संकलन कार्य सुरु गरिएको मुसिकोट घर भई ईजराईलमा कार्यरत ओझेलका खवर युनिटकी सहकर्मी विद्या कार्कीले जानकारी दिएकी छन् ।
त्यस्तै गुल्मी वैलफेयर पेज मार्फत वसन्तीको उपचारका लागि गुल्मी सेवा समाज युएईले पनि सहयोग संकलन कार्य सुरु गरेको समाजले जनाएको छ । त्यस्तै भोली सदरमुकाम तम्घासमा बैठकको आयोजना गरी जिल्ला स्तरिया सहयोग संकलन समिति गठन गरिने र त्यही समितिले भोली वसन्तीको उपचारका लागि सहयोग गर्न चाहने महानुभावका लागि बैक खाता खोल्ने हस्तीचौरका वासीन्दा एवं रेसुङ्गा वहुमुखी क्याम्पसका प्राध्यापक हरी केसीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग