Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘नेत्रहिनका ज्योति’ सापकोटा सम्मानित

Published on 11:24:00 PM //

प्रेम सुनार
गुल्मी, २५ माग । गुल्मी जिल्लाका नेत्र हिनहरुका ज्योतिहरु मध्येका एक मानिने गुल्मीको वामी गाविस वडा नम्वर ६ का अगुवा समाज सेवी कृष्णहरी सापकोटा आज सम्मानित भएका छन् । प्राथामिक आँखा उपचार केन्द्र वामीका लागि ५० हजार मुल्य बराबरको जग्गा दान दिने सापकोटालाई नेपाल नेत्रहिन संघ गुल्मीको नेपालको १८ औं जिल्ला सभाले उनलाई सम्मान गरेको हो ।
सापकोटालाई संघका जिल्ला अध्यक्ष भरतबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले दोसाल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रमका बक्ताहरुले सापकोटा गुल्मेली नेत्रहिनहरुका आँखाको ज्योति बेनको प्रतिकृया दिएका थिए । सम्मान कार्यक्रममा सापकोटाले नेत्र ज्याति संघको भब्य भवन देखाउँदै भने–‘यत्रै भवन बनाई दिएर हुन्छ भने म एक्लैले बनाई दिन्छु ।’ उनलो यो भन्ना साथ तालिले सभा गुञ्जायमान बन्यो । पहिले नै संघलाई ५० लाख रुपैँया बराबरको जग्गा दान गरिसकेका सापकोटाले फेरी ३० लाख रुपैयाँ लागतमा भवन पनि बनाई दिने उद्घोष समेत गरेका छन् । सापकोटाले नेत्रहिनको क्षेत्रमा देशभरमैं उत्कृष्ट कार्य गरे वापत गत वर्ष नेत्रहिन संघको केन्द्रले नै उनलाई एसस्कर नामक उपाधीले सम्मानित गरेको छ ।
त्यस्तै आजै गुल्मी शाखाका प्रबन्धक सुर्यबहादुर बस्नेतलाई उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको छ । गत २३ वर्ष देखि कार्यरत बस्नेतलाई दोसाल्ला , प्रमण पत्र र रु १० हजारले सम्मान गरेका थिए । सो रकम भने उनले नेत्रहिनहरु कै सेवाका लागि भन्दै संघलाई फिर्ता गदै उनी सम्मानित भएको खुशीमा गला अवरुद्ध पार्दै आभार प्रकट गरे । त्यस्तै सापकोटाले पनि संघप्रति आभार प्रकट गरे । प्रस्तुत छ उनै समाज सेवी सापकोटासंग ओझेलका खवर युनिटका लागि सहकर्मी प्रेम सुनारले गरेको रेडियो कुराकानी ।


सुनौँ उनै सापकोटासँग गरिएको रेडियो कुराकानी:


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग