Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामी श्रोत केन्द्रले गर्यो बालविकास केन्द्रको अवलोकन

Published on 1:20:00 AM //

सागर भण्डारी
गुल्मी, माघ २३ । वामी श्रोत केन्द्रले आज भगवति प्राथमिक विद्यालय वामी काफलटोलाको बालविकास केन्द्रको अवलोकन तथा सहजकर्ताहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारको २०७० लाई शैक्षिक सुधार वर्ष बनाउने लक्ष्य अनुरुप बरिष्ठ समाजसेवी कृष्ण प्रसाद काफ्ले एलको अध्यक्षतामा गरिएको अनुगमन कार्यक्रममा श्रोत केन्द्र अन्तर्गत पर्ने २६ वटा विद्यालयका सहजकर्ताहरुको उपस्थिति रहेको थियो । साथै सोही अवसरमै अवलोकन कार्यक्रममा बोल्दै श्रोत केन्द्रका श्रोत व्यक्ति टकंनाथ भण्डारीले यो विद्यालय यस क्षेत्रकै नमुना विद्यालय बन्न सफल भएको भन्दै यस बालविकास केन्द्रले गरेको प्रगतिको अनुसरण गरेर अरु विद्यालयले पनि यस्तै गर्न सकेमा साँच्चिकै शिक्षाको गुणस्तर अभिवृद्धि हुने गुल्मीन्युजलाई बताउनुभएको थियो ।

सोही अवलोकन कार्यक्रममा बालविकास केन्द्रको अवस्थाको बारेमा जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक तेजनारायण सापकोटाले विद्यालयलाई नै जिल्ला तथा राष्ट्रमा नै नमुना विद्यालय बनाउने कुरामा आफु प्रेरित रहेको भन्दै सुरुवातमा विभिन्न समस्याहरु देखिएपनि विस्तारै समाधान हुँदै जाने बताउनुभएको थियो ।उहाँले यहाँका अभिभावक तथा सम्पूर्णले सहयोग गर्दै आएकोले यो प्रगति सम्भव भएको र नमुना विद्यालय बन्न सफल भएको बताउनुभएको थियो ।
।अन्तरक्रियामा बोल्दै उपस्थित सहजकर्ताहरुले यो विद्यालय साँच्चिकै नमुना विद्यालय रहेको भन्दै आफ्नो विद्यालय पनि यस्तै बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।तर व्यवस्थापन पक्ष कमजोर रहेको उनीहरुको गुनासो रहेको थियो ।कार्यक्रममा विद्यालयकी बालविकास केन्द्रकी सहजकर्ता ईश्वरा काफ्ले शिक्षिका मिना सापकोटा,शिक्षक कुल बहादुर के.सी सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार सहायक सागर भण्डारी तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग