Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जंगलमा भेटिएको शव आमाछोराको भएको पुष्टि

Published on 3:20:00 AM //

बिमल बिष्ट
डोटी । बैतडीको दक्षिण क्षेत्रमा रहेको महारुद्र गाविसको लामखोला सामुदायिक जंगलमा फेला परेको शव सोही गाविस निवासी नरेश भट्टकी २६ वर्षीय श्रीमती हिरा भट्ट र उनकै २ वर्षीय छोरा रोशन भट्टको भएको पुष्टि भएको छ ।
देहिमाण्डौ माईती घर भएकी हिरा भट्ट पेट सम्बन्धी रोगी भएको र उपचारका लगि जिल्ला अस्पताल बैतडी जान्छु भनि घरबाट माघ २९ गते हिडेको बताइएको छ । अस्पतालकै बाटो भएर माईती घर एक दुई दिन बस्ने भनि घरबाट हिडेकाले थाहापाउन नसकिएको र पछि माईती घरमा खबर गर्दा त्यहा“ नआएको बताईएपछि उनको खोजि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
महारुद्र गाविस १ स्थित लामखोला जंगलमा हिराको रुखमा झुण्डिएको र छोरा रोसनको शव भुईमा रहेको अवस्थामा आईतबार बेलुकातिर फेला परेको थियो । दुबै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डडेल्धुरा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भुईमा बालकको शव फेला परेको थियो भने नजिकै रुखमा झुण्डिएको अवस्थामा महिलाको शव भेटिएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग