Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास स्थित दुर्व्यसनिहरुको "अड्डा" चारीखोलामा स्थानिय अगुवा महिलाहरु छिरे (अडियो)

Published on 4:34:00 PM //

केहि दिन अघि सम्म डर लाग्दो झाडी जहाँ गाँजा खाने युवाहरु र कतिपय युवती ल्याएर समेत लुक्ने सदरमुकाम तम्घासको चारीखोला अहिले झाडी फाँडेर खुल्ला र सफा बनेको छ । चारीखोला भन्न वित्तिकै तम्घासमा मानव वस्ती सुरुवात संगैको सवै भन्दा पुरानो पँधेरो हो । जहाँ चैत्र वैशख जस्तो खडेरीमा पनि पानी बगि रहन्छ । त्यसै स्थानमा एउटा शिवालय छ । जुन शिवालय तम्घासको सवै भन्दा पुरानो मन्दिर मानिन्न्छ । तर संवन्धीत निकायको बेवास्ताका कारण ओझेलमा पर्दै आएको छ । जेहोस पछिल्लो चरण नागरिक सचेतना केन्द्र तम्घास ६ चारीखोला स्थापना भएपछि स्थानिय महिलाहरु जागरुक भएका छन र उनिहरु्ले सरसफाई अभियान तिब्र पारेका छन् । उनिहरुलाई थप प्रोत्साहित गर्न तम्घास बृहत खाने पानी उपभोक्ता समितिले सुचना केन्द्रको बोर्ड स्थापना गरी दिएको छ ।
वोर्डको समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले एक समारोहका विच उद्घाटन गर्नु भयो । सचेतान केन्द्रकी अध्यक्ष मुना बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम तम्घास गाविसकी सामाजिक परिचालिका राधीका पाण्डेको सञ्चालन रहेको थियो । यस्ता सकारात्मक कार्यक्रम र अन्य औपचारिक कार्यक्रमलाई अव रेडियो गुल्मीले जस्ताको त्यस्तै रेकर्डमा कैद गरी प्रशारण गर्ने भएको छ ।
तपाई पनि आफ्नो गाउँ ठाउँमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने रेडियो गुल्मीलाई सुचित गर्नु होला भन्दै त्यस चारीखोलाको सरसफाई अभियान सम्वन्धी स्थलगत रिर्पोट सुनौ सहकर्मी प्रेम सुनारबाट:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग