Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिउँदो माछाले ततायो इन्टरनेट

Published on 11:49:00 PM //

जनावरहरूको अधिकारका लागि लड्ने अधिकारकर्मीहरू अहिले इन्टरनेटमा हिट भइरहेको एउटा भिडियोबाट निकै रूष्ट छन् । भिडियोमा जिउँदो माछा भोजनका लागि तयार भएको र मान्छेहरूले स्वाद लिइलिइ खाइरहेको देखाइएको छ ।

भोजनका लागि राखिएको उक्त माछा आधा फ्राइ गरेको छ भने आधा काँचै छ । आधा काँचो भागको माछाले मुख प्याकप्याक्ती पारिरहेको छ, मानौं– पानी मागिरहेको होस् । प्लेटमा, आधा जीवनको लागि छटपटिइरहेको यो माछालाइ कपाकप रेष्टुराँमा मान्छेहरूले खाइरहेको दृश्य देखाइएको छ र यो अहिले युट्युबमा निकै हिट भइरहेको छ ।

जनावर अधिकारका लागि लडिरहेको संस्था पेटाले यो भिडियो अहिलेसम्म १ लाख २० हजारभन्दा बढीले हेरिसकेको जनाएको छ । यो भिडियो त्यहाँ राखिएको एक साता पनि भएको छैन ।

आधा जिउँदो माछालाइ देखेर गिज्याइरहेको दृश्यमाथि आपत्ति जनाउँदै पेटाले भनेको छ– “मानवीयता भएका प्रत्येक व्यक्ति त्यो भिडियो हेरेर एक पटक गम्भीर हुनेछन्, जहाँ मृत्युको मुखमा रहेको र दयनीय अवस्थामा रहेको माछालाइ रेष्टुराँमा भएका व्यक्तिहरूले रमाइलो मानेर गिज्याइरहेका छन् ।”

चीनमा यसरी आधा पाकेको माछालाइ स्वादिष्ट भोजनका रूपमा लिइन्छ । पशुविज्ञहरूले चीनको कतिपय संस्कारका कारण संसारमा लुप्त हुँदै गइरहेका जनावरहरूको भविष्य सुरक्षित नरहेको बताउन थालेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग