Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी सकृयता बढ्यो, कारागारमा दोब्बर कैदी

Published on 3:45:00 AM //

प्रहरीले अनुसन्धानमा सक्रियता बढाएपछि यहाँको कारागारमा क्षमता भन्दा दोब्बर कैदी बढेका छन् ।
केही समययता प्रहरीले जिल्लाका विभिन्न स्थानमा डाँका चोरी गर्दै हिड्ने, हत्या, अपराध, बलत्कार लगायतका घटनामा संलग्न भै फरार भएकाहरूलाई पक्रने क्रम बढेको छ । जिल्लामा राजनीतिक दवाव कम हुन थालेपछि प्रहरीले अनुसन्धानमा सक्रियता बढाएको हो ।
पछिल्लो पटक सरूवा भएर आएका प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले राजनीतिक दलको दवावलाई नसुनी अनुसन्धानलाई तिब्रता दिएपछि जिल्ला अदालतमा मुद्धा समेत बढेको सरकारी वकिल कार्यालयका प्रमुख कुलप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार जिल्ला अदालतले एक महिना अगाडी पक्राउ परेका ४ जना र बलत्कार पछि हत्या गरेको अभियोगमा पक्राउ परेका १ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

एकै साथ ५ जनालाई थुनामा राख्न आदेश दिएपछि २० जना पुरूष बन्दी क्षमता रहेको जिल्ला कारागारमा शुक्रवार देखि बन्दीहरूको संख्या ४१ पुगेको छ । पुरूषहरूको संख्या दोब्बर पुगेको छ । कारागार प्रमुख कुष्णप्रसाद अधिकारीले भने ५ जना महिलाको क्षमता रहेको कारागारमा भने ३ जना मात्र बन्दी छन् ।
कारागारका बन्दी नाईके बुद्धिसागर बेल्बासले क्षमता भन्दा दोब्बर बढी बन्दीहरू भएपनि अन्यत्र जान अप्ठ्यारो लागेकाले आफुहरू मिलेर बसेको बताए । अन्यत्र जाँदा झन समस्या पर्नसक्छ । उनले भने सबै घुलमिल भएको र यहाँको बाताबरण सहज भएकाले यहीं बस्ने भनेका छौं । कारागार प्रशासनका अनुसार अहिले कर्तब्य ज्यानमा ३ महिला सहित १८ जना, जबरजस्ती करणीमा ६, डाँका चोरीका ९, गाई हत्याका ३, जबरजस्ती करणीपछि हत्यामा ३, खरखजना १, ठगी १ र आगलागीको मुद्धाका २ जना बन्दी छन् । ति मध्ये १० पुर्पक्षका लागि थुनामा राखिएका हुन् ।
शुक्रवार थुनामा राख्ने आदेश भएकामा हाडहाडे गाविस-१ का सितल भन्ने गोपाल नेपाली र मैत नेपाली, हाडहाडे-४ का अनिल बस्नेत र हेमन्त भलामी छन् । ति मध्ये गोपाल नेपाली जनमुक्ति सेना नेपालको पाचौं डिभिजनका प्लाटुन उपकमाण्डर हुन । परिचय पत्र नं. १७६० रहेका गोपाल नेपाली आफु अनमिनको प्रमाणीकरणमा परेको बताए । उनीसंगै रहेको परिचय पत्रमा अनमिनले आरपिएल १००१३१० नम्बर उल्लेख गरेको स्टिकर लगाएको छ ।
कारागार चलान भएका चारै जना गुल्मी र अर्घखँचीका विभिन्न स्थानमा डाँका चोरी गर्दै हिड्ने ठुलो गिरोह मध्येका हुन् । ९ जनाको समुह रहेका उनीहरू मध्ये ५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका गोपाल नेपालीले आप\mनो समुहका अन्य फरार ५ जना मध्ये १ जना जनमुक्ति सेनाकै भएको र अर्को एक जना अर्घखाँची जिल्लाको माओवादी निकट दलित मुक्ति मोर्चाको जिल्ला सदस्य भएको बताएका छन् । डिएसपी सुवेदीले फरारको पनि खोजी कार्य भैरहेको बताए ।
त्यस्तै अदालतले शुक्रबार नै बालिका बलत्कार गरी हत्या गर्ने धुर्कोट रजस्थल गाविस-९ का चन्द्रबहादुर नेपालीलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तम्घास-३ बाघमारेमा ८ वषिर्य बालिका लक्ष्मी परियारलाई बलत्कार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका उनले बालिकाको हत्या स्वीकार गरेका छन् ।
नयाँभावना दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग