Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दाजुको रिसले भाउजू लुटे देवरले

Published on 11:30:00 PM //

दाजुसँगको रिसइबीले गुल्मी खज्याङका विष्णु पाण्डेले आफ्नै भाउजूको नगद लुटेका छन् । भाउजूलाई लुट्न उनले एउटा गिरोह नै तयार पारेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक जीवलाल चुदालीका अनुसार लु ४ प ४३९९ नम्बरको जिपमा सवार विष्णुकी भाउजू विमला पाण्डेबाट नगद एक लाख ३५ हजार पाँच सय र पचास हजारको चेक, एउटा घडी सो गिरोहले लुटेको थियो ।
लुट्न उनी घरबाटै भाउजूको पिछा गरी बुटवल आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुट्नका लागि विष्णुले बुटवलमा दुईजनालाई तयारी अवस्थामा राखेका थिए भने आफू र अर्को एकजना गुल्मीबाट पिछा गर्दै बुटवल झरेका थिए ।

इप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले लुट्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा दाजुसँगको रिसइबीले योजनाबद्ध रूपमा भाउजूलाई लुटिएको खुल्न आएको बताए । भाउजू लुट्नका लागि पाण्डेले सुरज अर्याल, रमेश थापा र गणेश सुनारलाई प्रयोग गरेका थिए ।
(नयाँपत्रीकाबाट )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग