Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गाले स्रष्टाको सम्मान गर्ने

Published on 8:31:00 PM //

रेडियो रेसुङ्गाले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान कार्यक्रम गरी भव्यताका साथ मनाउने तैयारी गरिरहेको छ । यस अवसरमा भोली फाल्गुन ७ गते भव्य कार्यक्रम गरी स्रष्टा सम्मान गरिने रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर मदन खनालले वताउनुभएको छ ।
वार्षिकोत्सवको अवसरमा वरिष्ठ गायक स्वरुपराज आचार्य, वरिष्ठ गायिका अन्जु पन्त, लोक गायक राजु परियार, तितो सत्य टेलीश्रृखंलाका कलाकारहरु दिपकराज गिरी र दीपाश्री निरौला, संगितकार आलोक श्री, गीतकार नवराज लम्साल, विपीन किरन लगायतका स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । वार्षिकोत्सवको तैयारी अन्तिम चरणमा पुगेको छ ।
गुल्मी जिल्लाको पहिलो रेडियो रेडियो रेसुङ्ग १०६.२ मेगाहर्जले आजदेखि आफ्नो प्रसारणको सफलतम दोस्रो वर्ष पुरा गर्दैछ । दोस्रो वर्ष पुरा गरेको अवसरमा रेडियो रेसुङ्गाले दोस्रो वार्षिकोत्वस भव्यताका साथ मनाउने तैयारी गरेको छ ।
२०६४ साल फाल्गुन ७ गते प्रशारण यात्रा शुरु गरेको रेडियो रेसुङ्गा यस क्षेत्रकै उत्कृष्ट रेडियोकै रुपमा रहेको छ । इक्वेल एक्सेसले गरेको सर्वेक्षणमा प्रशारणको यो अवधीमा छोटो समयमै रेडियो रेसुङ्गा कार्यक्रममा नेपालमै पाँचौ र समाचारमा छैठौँ स्थानमा पर्न सफल भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग