Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाजको यूकेको बार्षिक अधिवेसन सम्पन्न

Published on 5:56:00 PM //

गुल्मी जिल्ला समाज यूकेले आफनो बार्षिक अधिवेसन बेलायतको रिडिङमा भब्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रमका विशेष अतिथि नेपाली दुताबास बेलायतका मिनिष्टर काउन्सीलर झविन्द्र प्रसाद अर्यालले दिप प्रज्वलन गरि सुरु गर्नु भएको थियो । सँस्थाका अध्यक्ष ओम प्रसाद थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष दुर्गा पाण्डेले सम्पुर्ण आमन्त्रित अतिथि हरुलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष थापा र विशेष अतिथि अर्यालले नेपालीहरुको परम्परागत नौमती बाजाको मुलबाजा दमाहा बजाएर संयुक्त रुपमा यसको उद्घाटन गर्नुभएको थियो । यस्तो परम्परागत नौमती बाजा बेलायतमा पहिलो पटक बजाइएको हो । रिडीङ्ग बजार नै गुन्जयमान हुनेगरि उपस्थित सम्पुर्णलाइ नेपालकै झझल्को आउने गरी बाजा बजाइएको थियो । सस्थाका आमन्त्रित सदस्य चक्र रानाले सम्पुर्ण बाजा बजाउने टिमलाइ खादा ओढाइ धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ थुप्रै कार्यक्रम गर्नको लागि शुभकामना दिनुभएको थियो ।

सो कार्यक्रममा विशेष अतिथिबाट गुल्मी जिल्ला समाज युकेका सम्पुर्ण कार्यक्रमहरु समेटेर बनाएको सि.डिको पनि विमोचन गरिएको थियो सि.डि विक्रिबाट उठेको सम्पुर्ण रकम नेपाल अपाङ्ग संघ गुल्मीलाई सहयोग गर्नको लागि राखिएको प्रस्तावमा सम्पुर्ण सदस्यहरुले समर्थन जनाएका थिए । सहसचिव फत्त थापाले एम्बुलेन्स हस्तान्तरण पश्चात नेपाल रेडक्रस सोसाइटी जोहाङ उपशाखाले पठाएको कदर पत्र साथै शान्तिपुरमा क्याम्पस भवन बनाउन सहयोग गरे वापत चन्द्रकोट क्याम्पसले समाजलाई प्रदान गरेको कदरपत्र पढेर सुनाउनु भएको थियो । साथै कार्यसमितिले पेश गरेका बिबिध विषय वस्तुहरुमा सँस्थाका सदस्यहरुले गहन छलफल गर्नुभएको थियो । त्यसैगरी दोस्रो एम्वुलेन्स प्रोजेक्टको बारेमा पनि छलफल भएको थियो र दोस्रो एम्वुलेन्स प्रोजेक्टका लागि संस्थाका सदस्यहरुबाट ३५९६ पाउण्ड जम्मा छ । अन्तमा सस्थाको अध्यक्षबाट सम्पुर्ण उपस्थित महानुभावहाँरुलाई धन्यबाद दिँदै कार्यक्रमका आयोजक राम गलामीले रिडिङ्ग बासी सम्पुर्ण गुल्मेलीहरुलाइ पनि धन्यबाद दिइ कार्यक्रम समापन गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग