Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरी बबिताको आत्महत्या नभई हत्या भयो गुहार पाइएन

Published on 3:23:00 AM //

प्रेम सुनार/गुल्मी
केही दिन अघि दुवईमा झुण्डिएर आत्महत्या गरिन् भनिएकी गुल्मी मुसिकोटकी मृतक एक युवतीका बाबुआमाले छोरीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै गुहार पाउन नसकेको गुनासो गरेका छन् ।
वैदेशिक रोजगारका लागी दुवई पुगेको २ महिना नवित्दै यही चैत्र १४ गतेका दिन काम गर्ने घरकै कोठामा झुण्डिएर आत्महत्या गरिन् भनिएकी मुुसिकोट गा.वि.स. वडा नं. २ जलजले निवासी १९ वर्षिय बविता थापा का बाबुआमाले यस्तो गुनासो गरेका हुन् ।‘ मृत्यु हुनको अघिल्लो दिन मात्रै छोरीले मम्मी अब म सायद यहा धेरै बस्न सक्दीन होला यहाँ मलाई ठुलो दवाव छ ......भन्दै निसास्सीएर रोएकी थिई, बविताकी आमा मिना कुमारी थापाले भनिन् – ‘मालिकले हातपात गर्छ भनिदिन्छु मम्मीसित भनेर फोन गर्न आटेकी थिए । मालिकले फोन नै खोसिदियो मम्मी, भनेकी मेरी छोरीको पक्कै त्यही मालिककै हातपात– जवरजस्तीका कारण ज्यान गएको होला, गुहार पाउन सकिएन’’


बविताका बुवा राम बहादुर थापाले पनि छोरीको आत्महत्या नभएर हत्या भएको ठहर गरेका छन् । थापाले भने –‘ बिहिवार मात्रै त्यहाँको पुलिसले बविताले भुण्डिएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्ट दिएको छ रे मालिकले पैसा पेलेरै त्यस्तो रिपोर्ट दिएको हुनपर्छ । उनले गहभरि आशु पार्दै भने हिन्दी बुझ्ने भएकाले फोनमा मालिकले मलाई समेत हप्काउथ्यो । तेरी छोरीलाई यहाँ झिकाउँदा २ लाख खर्चेको छु भन्थ्यो । उसको बोलि र व्यवहार सुन्दा छोरीले उसैको करामत बाटै ज्यान फालेको हुनपर्छ । आर्थिक अवस्था निकै कमजोर रहेका थापाले भने दुवई नै पुगेर छोरीको निष्पक्ष छानविन गरु जस्तो लाग्छ तर के गरुँ ? काठमाडौं जाने सम्म उपाय छैन उनले आग्रही मुद्रामा भने ‘लौन संचार माध्यमले न्यायका लागी यहाँको सरकारलाई घच्घचाइदिनुप¥यो । मेरो कुनै उपाय छैन ।’
बविता आफ्नै जेठा बुबाका छोरा पृथ बहादुर थापाले त्यहाँबाट फ्रि भिसा टिकट पठाएपछि गत माघ २२ गते दुवई उडेकी थिइन् । उनी दुबई स्थित 043936004,043936005 Po Box no. 62330 BUR Dubai 2285075, 201/2009 ठेगाना भएको इन्डियन मालिक आशिष जवारुलाल खान (इण्डियन)को घरमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । बवितालाई भिसा पठाएर त्यहाँ झिकाउने पृथ बहादुर थापा भन्छन्– उक्त दिन दिउँसो १ बजे तिर काम गर्ने कोठाको पङ्खामा चुन्नीको पासो लगाएर मृत अवस्थामा फेला परेपछि पुलिसले सव पोष्टमार्टमको लागी लगेको भनिन्छ मैले देखिन । यहाँको पुलिस, राजदुतावास सबैले खुदखुशी गरेको भन्छन् मैले के गरु ? उनले भने अव त क्षतिपुर्ति समेत पाउने उपाय छैन सोमबार मंगलबार सम्म सव नेपाल पठाइदै छ ।’
यता बविताका बाबुले भने उचित छानविन र क्षतिपुर्ति नदिलाए सम्म सव नबुझ्ने बताएका छन् । उनले भने फ्रि भिसा टिकट भनिएपनि छोरी पठाउँदा झण्डै ७५ हजार खर्च भएको छ । यहाँसम्म कि श्रम तथा यातायात मन्त्रालय, वैदेशिक रोजगार प्रर्वद्धन वोर्डले श्रम स्विकृती दिदाँ रु १ हजारको रसिद दिए पनि त्यहाँको मान्छेले ९ हजार रुपैया लियो । म आफै पनि वैदेशिक रोजगारबाट पिडित भएको मान्छे हँु । छोरी बविताको गुल्मीकै भर्तुङ्ग गाविस वडा नं. २ बस्ने दल बहादुर के.सी.को छोरा गोपाल के.सी. उपनाम गरेका धन बहादुर क्षेत्री सँग डेढ वर्ष अघि प्रेम विवाह भएको थियो । श्रीमान्ले वेवास्ता गरेका कारण उ आफ्नै खुट्टामा उभिन्छु भन्दै विदेश लागेकी हो ।
बविता सहित थापाका ३ छोरीहरु मात्रै छन् । छोरा नभएकोले छोरी बविताले पिर नगर्नुहोस् बुबा म छोरीले पनि छोराले जस्तै पैसा कमाएर तपाईहरुको सेवा गर्न सक्छु भन्दै हिडेको आँखा वरिपरि घुम्दैछ भन्छन् थापा परिवार । दुवई पुगेर 971554335917 नम्बरको मोवाइलबाट मालिकको ज्यादतिको बारेमा घरमा विलौना सुनाएको बविताको त्यो नम्बर मालिकले खोसिदियो ।
दोस्रो पटक लुकाएर बविताले 971509465591 को नम्बर प्रयोग गरि घरमा फोन गरिन् त्यो पनि खोसिदिएपछि बविताले पछिल्लो पटक मालिककी आमाको मोवाइल नंं 971509670220 बाट अन्तिम विलौना पोखेकी थिइन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग