Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कबाड बने सवारी साधनहरु

Published on 12:14:00 AM //

कृष्ण प्रसाद पाण्डे, तम्घास 

गुल्मीका अधिकांश सरकारी कार्यालयमा वर्षौंदेखी बिग्रिएर थन्किएका करोडौँ मूल्यका सवारीसाधनहरु अलपत्र परेका छन् ।
सरकारी निकायको लापरबाहीले बिग्रिएर थन्किएका सवारीसाधनहरुको समयमै मर्मतसम्भार नहुँदा ती सवारीसाधनहरु अलपत्र परेका हुन् ।
जिल्ला बन कार्यालय गुल्मीमा वर्षौंदेखि बिग्रिएर थन्किएका सवारीसाधनहरु अहिले कबाड बनेका छन् ।
वर्षौं पहिले करोडौँ मूल्यमा खरिद गरिएका सवारीसाधनहरु बिग्रिएर थन्किएका कारण सरकारलाई करोडौँको नोक्सान भएको छ । समयमै मर्मतसम्भार नहुँदा अहिले ती सवारीसाधन प्रयोजनविहीन भई खिइँदै छन् ।
सरकारी ऐनमा सरकारी सवारीसाधनहरु प्रयोगमा आउन नसके लिलाम बिक्री गर्नुपर्ने प्रावधान छ । तर सरकारी निकायले कबाड बनेका सवारी साधनहरुको लिलाम बिक्रीको प्रकि्रया अघि बढाउन नसकेका कारण सवारीसाधनबाट उठ्ने राजस्वसमेत गुमेको बताइएको छ ।
बिगि्रएर थन्किएका सवारीसाधनहरुको समयमै मर्मतसम्भार नभई कबाड बनेको सरकारी निकायका कर्मचारी स्वीकार्छन् । सरकारको नीतिगत जटिलताका कारण तत्काल ती सवारीसाधनहरुको लिलाम प्रकि्रया अघि बढ्न नसकेको बताइन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग