Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गाभवन माबिको स्वर्ण महोत्सव

Published on 8:53:00 PM //

मिना ढकाल

दुर्गाभवन माबि छापचौर गुल्मीको स्वर्ण महोत्सवको शुक्रबार उद्घाटन गरिएको छ । आगामी जेष्ठ १४ गतेसम्म संचालन हुने सो सप्ताहव्यापी कार्यक्रममा विभिन्न खेलकुद सांस्कृतिक कार्यक्रम भूपू विद्यार्थी पुर्नमिलन कार्यक्रम विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान कार्यक्रम आदि रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले यस विद्यालयले शिक्षाको ज्योति फैलाउन खेलेको भूमिका अत्यन्तै स्रहानीय रहेको भन्दै आगामी दिनहरुमा यो विद्यालयको अझै उन्नती र प्रगतिको कामना गरे । त्यस्तै विशिष्ट अतिथि स्थानीय विकास अधिकारी दिपेन्द्र पौडेलले यस क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताएका थिए । कार्यक्रममा एनेकपा माओवादीका संजय क्षेत्री एमालेका बोम बहादुर खड्का जिल्ला शिक्षा कार्यलयका प्रमुख धर्माङत ज्ञवाली विद्यालयका पूर्व अध्यक्ष तथा पूर्व गाविस अध्यक्ष गोपाल प्रसाद श्रेष्ठ पूर्व प्रअ हिराध्वज शाह क्यापटेन छम बहादुर शाह नवराज श्रेष्ठ हरिश ढकाल लगायतले विद्यालयले त्यस क्षेत्रमा खेलेको भूमिकाको विषयमा बोलका थिए ।


विद्यालय व्यवस्थापन सतितिका अध्यक्ष धनबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत विद्यालयका शिक्षक सुवासचन्द्र गौतमको र संचालन सह-प्रचार्य पुण्यप्रसाद गौतमको रहेको थियो भने कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर् याउने लक्ष्मीप्रसाद ढकाल लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग