Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दृष्टिविहीनलाई सहयोग

Published on 5:22:00 AM //

शान्तिपुर गाविसका दृष्टिविहीन परिवारलाई रोजगारीका लागि साउदी अरब पुगेको विभिन्न जिल्लाका युवाले आर्थिक सहयोग गरेका छन् ।

साउदी अबरको दोरफिल सहरमा तेल निकाल्ने कम्पनीमा काम गर्ने तनहुँ घिरिङका थामबहादुर राना, कोटदरबारका बमबहादुर थापा, रानीपोखरीका सुरेश श्रेष्ठ, सिन्धुपाल्चोकको नवलपुरका धाबो तामाङ, धनुषाको बिसारभोडाका सुरेन्द्र गोहितमान, खोटाङका शुक्रराज सार्की र भारतका इस्माइल अब्दुल्लाहले संयुक्त रूपमा ९ हजार ५ सय २० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उनीहरूले शान्तिपुर १ का दृष्टिविहीन परिवार भीमकुमारी, तिलकुमारी, तुलसी र खड्गबहादुर थापाले कान्तिपुरकर्मीमार्फत पाउने गरी रकम उपलब्ध गराएका हुन् । 'परिवार नै विचल्लीमा परेको खबर पढेपछि आपmनै तलबबाट कटाएर भए पनि सहयोग गर्न मन लागेकाले रकम पठाएका हौं,' सिन्धुपाल्चोकका धाबो तामाङले टेलिफोनमा भने, 'रकम जसरी भए पनि उनीहरूसम्म पुर्‍याएर सहयोग गरिदिनुहोला ।' कान्तिपुरमा समाचार पढेपछि दृष्टिविहीन परिवारप्रति आफूहरूको दया लागेको उनले बताए ।

यसअघि दृष्टिविहीन परिवारलाई काठमाडांैका विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराएका थिए । दृष्टिविहीन परिवारलाई अहिलेसम्म ३५ हजार ५ सय २० रुपैयाँ सहयोग उपलब्ध भइसकेको छ ।

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग