Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलेसियामा गुल्मी र अर्घाखाँचीका १० नेपाली अलपत्र

Published on 4:52:00 AM //

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका गुल्मी र अर्घाखाँची जिल्लाका १० जना नेपालीहरू मलेसियाको क्वालालम्पुरमा अलपत्र परेका छन्।
काठमाडौँस्थित महालक्ष्मी नामक रोजगार कम्पनीबाट मलेसियाको रामाक्स नामक कम्पनीेका लागि श्रम स्वीकृती लिएर वैशाख २७ गते मलेसिया पुगेका गुल्मी बलिथुम गाविसका प्रेम पराजुली र अर्घाखाँची जुकेना गाविसका विनोद पौड्यालसहित १० जनालाई मलेसियाको एजेन्टले सो कम्पनीमा नपठाई अन्यत्रै एक घनघोर जङ्गलमा लगेर छाडेपछि उनीहरू अलपत्र परेका हुन्।
मलेसियाकै प्रतिष्ठित मानिने सो कम्पनीमा न्यूनतम आरएम ८५२ न्यूनतम् तलबको प्रलोभन देखाइ उनीहरूलाई नेपालबाट पठाइएको थियो।
स्थानीय एजेन्टले सो कम्पनीमा नपठाई क्वालालम्पुरदेखि ८ घण्टाको दूरीमा पर्ने क्वालन्तान सहरको एक घनघोर जङ्गलमा लगेर छाडेपछि उनीहरू अलपत्र परेको गुल्मी रुरु–८ घर भइ हाल मलेसियामा रहेका पत्रकार विष्णु न्यौपानेले बताउनुभयो।

जङ्गलमा तीन दिनसम्म भोकभोकै बिताएका ती नेपालीलाई क्वालालम्पुरस्थित नेपाली रेष्टुरेन्टका सञ्चालक देव छन्त्यालले उद्धार गरी क्वालालम्पुर ल्याएको न्यौपानेले जानकारी दिनुभयो।
अलपत्र पर्नेहरूमा गुल्मी बलिथुम गाविसका प्रेम पराजुली, सोही गाविसका हरिराम भण्डारी, अर्घाखाँची जुकेना गाविसका विनोद पौड्याल, नेत्रप्रसाद अचार्य, अर्घा गाविसका उत्तम केसी, वसन्त खत्री, नरपानी गाविसका मेखबहादुर पाण्डेय तथा सितरा गाविसका श्रीराम मल्ल र डिल्लीराज भुषाल रहेका छन्।
आफूहरूसँग घर फर्किने पैसा पनि नभएको र पासपोर्ट समेत एजेन्टसँगै रहेकाले सो पासपोर्ट आफुहरूको हातमा दिलाइ घर फर्कने वातावरण मिलाइदिन पीडितले सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग