Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको अर्गानिक कफि जापान र कोरियामा लोकप्रिय

Published on 4:13:00 AM //

गुल्मी जिल्लाका अधिकांश गाविसमा उत्पादन भएको अर्गानिक कफि स्वदेशमा भन्दा विदेशमा लोकप्रिय बन्दै गएको छ ।
विदेशमा कफिको माग बढ्दै गएपछि कफि खेती गर्ने कृषकहरू समेत बढेका छन् ।
यहाँको कफि रासायनिक मल बिना जैविक मल प्रयोग गरेर उत्पादन गरिने भएकाले बिदेशमा बढी लोकप्रिय बन्दै गएको हो । अर्गानिक कफि उत्पादन गर्ने किसानहरूलाई जिल्ला सहकारी संघले बजारीकरणमा सघाएपछि किसानहरू कफि उत्पादनमा थप उत्साहित बनेका छन् । यहाँका झण्डै ४ हजार किसानले उत्पादन गरेको ‘गुल्मी अर्गानिक कफि’ का नामबाट जापान र कोरियामा बिक्रि हुने गरेको सहकारीले जनाएको छ । छ वर्षदेखि जापान र कोरिया निर्यात हुँदै आएको कफि गत वर्षदेखि अष्ट्रेलियाबाट समेत माग आउन थालेको छ ।
यस वर्षजिल्लामा ९० मेट्रिक टन कफि उत्पादन भएको छ । गत वर्षो तुलनामा यस वर्ष१२ मेट्रिक टन कफि उत्पादन बढेको सहकारी संघका व्यवस्थापक युवराज आचार्यले बताए । गत वर्षजापान र कोरियामा ३० मेट्रिकटन कफि निर्यात भएकोमा यस वर्ष ४० मेट्रिक टन माग भएको समेत आचार्यले बताए । ‘२७ मेट्रिकटन पठायौं’, आचार्यले भने, ‘बाँकी पनि पठाउने तयारी भैरहेको छ ।’
बिदेशमा अर्गानिक कफिको माग बढेपछि किसानहरूमा समेत उत्साह बढेको आचार्यले बताए । तीन वर्षअघिसम्म जिल्लाका ३०/३५ गाविसमा सिमित रहेको अर्गानिक कफि उत्पादन अहिले अधिकांश गाविसमा पुगिसेको छ । निर्यातकर्ताहरू प्रत्येक वर्षजापान र कोरियाबाटै आएर किसानको बगैंचासम्म पुगेर अर्गानिक परिक्षण गरेर मात्र कफि लैजाने गरेपछि किसान थप उत्साहित बनेका हुन् ।
‘जापानीहरू बारीमै आएर कफि खरिद गर्ने र अर्गानिक परिक्षण गर्ने गरेपछि हामी थप उत्साहित बनेका छौं’, यस वर्षको उत्कृष्ट कफि कृषक बलिथुमका घनश्याम गौतमले भने, ‘यो वर्षमैले मात्र ४० हजार भन्दा बढीको कफि विक्रि गरें ।’ उनीसंगै घमिर गाविसका कफि कृषक यमबहादुर कार्कीले पनि विदेशीले सजिलै खरिद गर्न थालेपछि आफुलाई कफि खेतीमै उत्साह जागेको बताए ।
कृषकहरूले यस वर्ष कफि विक्रिबाट मात्र झण्डै ८० लाख आम्दानी गरेको सहकारीले जनाएको छ । जिल्लामा यो वर्ष बोक्रा निकालेको क ग्रेडको कफिको मुल्य प्रति के.जि. १ सय ८० रूपैंया र सुकेको कफिको प्रति के.जी. ८५ रूपैंया मुल्य छ । गत वर्षो तुलनामा यस वर्षप्रति के.जि. ३ रूपैंया देखि १५ रूपैंयासम्म मुल्य बृद्धि भएको छ । अर्गानिक कफिसंगै यहाँ उत्पादित अदुवा, जिरा, धनिया, बेसार, खुर्सानी लगायतका मसलाजन्य बस्तुहरू समेत जापान निर्यात हुने गरेको छ । यहा“ उत्पादन भएको कफिलाई अष्ट्रेलियाको पाङ्गरिक प्रमाणिकरण निकाय नासाले जैविक प्रमाणिकरणको मान्यता समेत दिएको छ । कफिको अर्गानिक परिक्षणका लागि नासाका विज्ञहरू समेत प्रत्येक वर्षउत्पादन स्थलमै आएर जैविक परिक्षण गर्ने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालका अनुसार जिल्लामा १ सय २५ हेक्टरमा अर्गानिक कफि खेती हुँदै आएको छ । प्रत्येक वर्षकफि कृषकहरू बृद्धि हुँदै गएपछि कार्यालयले कफि नर्सरी उत्पादन समेत बढाउँदै लगेको छ । यहाँ उत्पादित कफिलाई जापानमा नेपाली बजारो लिमिटेड र कोरियामा त्यहाँको व्यापारीक संस्था ब्यूटिफुल स्टोर्सले बजारीकरण गरेर सघाउँदै आएको छ ।

बुटवल टुडेबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग