Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गगनपुरको स्वर्ण जयन्ती

Published on 3:20:00 AM //

गुल्मी ठूलो लुम्पेक ७ मा रहेको नेपाल राष्ट्रिय गगनपुर निमाविको स्वर्ण जयन्ती महोत्सव शनिबारदेखि सुरु भएको छ ।

स्वर्ण महोत्सवको उद्घाटन सभासद सुदर्शन बरालले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविलाल राहादीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त जिल्ला अधिकारी, थानेश्वर घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी जगदीशचन्द्र नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

५ दिनसम्म संचालन हुने सो महोत्सवमा शैक्षिक कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक मन बहादुर राहाडीले जानकारी दिए ।

सो अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको विद्यालयलले जानकारी दिएको छ । वि.सं. २००४ सालबाट स्थानीय शिक्षाप्रेमी स्व. टुक बहादुर राहादीले चौताराको फेदमुनि बालबालिकालाई जम्मा गरी पढाएका थिए । उनकै योगदानबाट वि.सं. २०१७ सालमा सो विद्यालयले स्वीकृत लिई अहिले निमावि संचालन गरेको छ ।

केही वर्ष अघिदेखि निमावि संचालन भएपछि निमावि पढ्न धेरै टाढा जानुपर्ने स-साना विद्यार्थीहरुलाई सुविधा भएको अभिभावहकहरु बताउँछन् । सो विद्यालयमा २ सय ४२ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षक कर्मचारी रहेका छन् । स्वर्ण महोत्सव मंसिर १ गते समापन हुने आयोजकले जनाएका छन् ।

बुटवल टुडेबाट


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग