Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात व्यक्तिद्धारा लुटपाट

Published on 7:49:00 PM //

 सीता भण्डारी
गएराती अज्ञात समुहले आक्रमण गरी एक व्यक्तिको साथवाट २ लाख रुपैया नगद र एक तोला वरावरको सुनको सिक्री लुटेर भागेका छन् ।
सदरमुकाम तमघासवाट आफ्नो घर बडागाउँतर्फ जाँदै गरेका वडागाउँ गाविस वार्ड नं. ६ मैदान निवासी नेपाल प्रहरीका भुतपुर्व हवल्दार रामवहादुर थापा अज्ञात व्याक्तिहरुवाट यसरी लुटिनु भएको हो । घरको वाईरिङ्ग एवं विद्युतको सामान विक्री वितरण गरेको रकम संकलन गरी तमघास हस्तीचौर हुँदै घर फर्किनु भएका थापालाई रातडाँडा नजिकै पर्ने सामाचौरदेखि नम्वर खुल्न नसकेका दर्ुइ मोटरर्साईकलमा आएका तीन जना नचिनेका व्याक्तिहरुले पछ्याउँदै आफुलाई वडागाउँ गाविसको वार्ड नं. ५ पेँगामा आक्रमण गरी साथमा रहेको २ लाख रुपैयाँ नगद र एक तोला वरावरको सुनको सिक्री समेत लुटेर भागेको पीडित थापाले वताउनुभयो । उनीहरुको आक्रमणवाट थापाको हात भाँचिनुका साथै शरिरका विभिन्न भागमा गम्भिर चोट समेत लागेको छ । थापाको अहिले तमघासमा उपचार भईरहेको छ भने लुटेराहरुको खोजी कार्यका लागि थापाले आजै जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी समेत दिनुभएको छ ।
प्रत्यक्षदर्शी वडागाउँ गाविस ५ पेँगा निवासी इश्वारा रायमाझीका अनुसार ती व्याक्तिहरु वामी गाविसका हुन् । उनीहरु विहान सोही वाटो तमघास गएका उनीहरु वामीकै भएको तर नाम चिन्न नसकिएको उहाँले वताउनुभयो । लुटेराहरुको पहिचान हुन नसकेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग