Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डेटोनेटर सहित एक व्यक्ति पक्राउ

Published on 2:20:00 AM //

बम पड्किँएर घाइते छविलाल कुमाल 
गुल्मीको दर्लामचौर गाविसमा गत कार्तिक १४ गते डेटोनेटर विष्फोटनवाट घाईते वनेका वालकले दिएको वयानका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले सोही गाविसका एक जना व्यक्तिलाई डेटोनेटर सहित पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा दर्लामचौर गाविस ९ का रुमाकान्त कुमाल रहेका छन् । १५ वर्षीय घाईते वालक छविलाल कुमालले दिएको वयानका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले रुमाकान्तलाई उन कै घरवाट एक थान डेटोनेटर सहित पक्राउ गरेको हो । कात्तिक १४ गते छल्दी पनाहा खोलामा नुहाउन गएको वेला रुमाकान्त कुमालको खल्तीमा रहेको डेटोनेटर झिकेर खेलाउने क्रममा विष्फोट भएको भन्ने घाईते वालकले प्रहरी समक्ष वयान दिएपछि धनार्जे प्रहरी चौकीले अनुसन्धान थालेको थियो ।
पक्राउ परेका रुमाकान्त कुमाललाई घरमा विष्फोटक पदार्थ राखेकोले थप अनुसन्धानका लागि खरखजना ऐन अन्तर्गत प्रहरी हिरासतमा राखिएको छ । यसैगरि जिल्ला प्रहरी तथा प्रशासनले जिल्लामा पटकाजन्य वस्तु भित्राउने तथा विक्री वितरण गर्ने व्यक्तिलाई कारवाही गर्ने वताईरहेका वेला सदरमुकाम तमघासमा प्रहरीले पटका पड्काउने कामलाई निरुत्साहित गर्न भने सकेको छैन ।


धौलाश्रीबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग