Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लक्ष्मी पूजाको दिन एक सय आठ गाईलाई नुन

Published on 2:11:00 AM //

धौलाश्रीबाट 
फाइल तस्बिर: तारा भुषाल 

लक्ष्मी पूजाको अवशरमा आज गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गा यज्ञशालामा रहेका १ सय ८ गाईलाई पुजा गरि नुन खुवाउने काम सम्पन्न गरिएको छ ।



रेसुङ्गा संरक्षण समिति गुल्मीले लक्ष्मीपूजाको अवशरमा उक्त ठाउँमा प्रत्येक वर्ष यसरी गाईलाई नुन खुवाउने काम गर्दै आईरहेको छ । एक सय आठ गाईलाई पुजा गरेर नुन खुवायपछि सम्पूर्ण पापहरु लक्ष्मीले नास गर्ने र धर्म तथा मोक्ष प्राप्ती हुने जनविश्वासका कारण गाईलाई नुन खुवानकालागि भनेर गुल्मी लगायत अर्घाखाँची पाल्पा वाग्लुङ्ग प्यूठान लगायतका क्षेत्रहरुवाट मानिसहरु आउने गर्दछन् । उक्त ठाउँमा विगत लामो समयदेखि रेसुङ्गा संरक्षण समितिले गाई पालन गर्दै आईरहेको छ । विगत समयको तुलनामा यो पटक गौशालामा गाईलाई नुन खुवाउन जाने मानिसहरुको निकै घुँईचो लागेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग