Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दाजुभाइ फेला परेनन

Published on 7:04:00 PM //

कालीगण्डकीमा डुबेर शनिबारदेखि बेपत्ता भएका दुविचौर गाविस-६ का दाजुभाइ ४ दिनसम्म पनि फेला परेका छैनन् ।

लास लिएर गएका ६५ वर्षीय मनबहादुर तङ्नामी र उनकै भाइ ४३ वर्षीय दलबहादुर तङ्नामी शनिबार लास जलाइसकेपछि नुहाउने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय रिडी र पाल्पा जिल्लाबाट खटिएको प्रहरी टोलीले दैनिक ५ किलोमिटर सम्म खोजबिन गरिरँहदा पनि उनीहरु फेला नपरेका हुन् ।

नुहाउने क्रममा भाइ दलबहादुर डुबेपछि बचाउने क्रममा दाजु मनबहादुर पनि डुबेका थिए । तुरुन्तै खोजी कार्य सुरु गरेको भए पनि डुबेर बेपत्ता भएनजिकै कालीगण्डकी बढी गहिरो भएका कारण फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको रिडीका प्रहरी नायव निरीक्षक जगत रायमाझीले जानकारी दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग