Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१३ लाख वन पुरस्कार राशिको रेसुङ्गा कप हुने

Published on 5:25:00 PM //

 गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा कोरियाली नयाँ बर्षको अवसर पारेर प्रथम रेसुङ्गा कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
समितिले बिभिन्न उद्देश्य लिई दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई तथा खेलाडीहरुलाई समावेश गराउने उद्देश्यका साथ कोरियाली नयाँ बर्ष सलनालको अवसर पारी यही फेब्रुअरी ५ तारिखका दिन प्रथम रेसुङ्गा कप भलिबल प्रतियोगिता तथा चिट्ठा कार्यक्रम आयोजना गर्न लागेको हो ।
जम्माजम्मी १३ लाख वन नगद पुरस्कार रहेको भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद छ लाख वन, कप र प्रमाण-पत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय र तृतीय हुने टिमहरुले क्रमश ४ लाख र २ लाख नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनिशासित टिमलाई नगद ५०-५० हजार र प्रमाणपत्र प्रदान गरिने जानकारी प्राप्त भएको छ ।   
उक्त भलिबल प्रतियोगितामा सहभागी भई प्रतियोगिता सफल पारी दिन समितिले कोरियामा रहेका सम्पूर्ण संघ-संस्था, क्लब, समुह तथा खेलाडीहरुलाई आनुरोध गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग