Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन व्यवस्थापन तालिम

Published on 2:45:00 PM //

गुल्मीको सिमीचौर गाविसमा दुईदिने सामुदायिक वन व्यवस्थापन अभ्यास तालिम सम्पन्न भएको छ ।

जिल्ला वन कार्यालय गुल्मीको आर्थिक वर्ष २०६७/०६८ को जीविकोपार्जनका लागि वन कार्यक्रम बमोजिम तम्घास रेन्जपोष्टअन्तर्गतको सिमीचौर गाविसको वार्ड नं. ३ मा उक्त तालिमको आयोजना गरिएको थियो । तालिममा सिमीचौर गाविस अन्तर्गतका सौरेनी सामुदायिक वन, कालिका सामुदायिक वन, वासखर्क सामुदायिक वन र सदावहार सामुदायिक वन उपभोक्ता समितिका २८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिमको तम्घास रेञ्जपोष्टका रेन्जर मेघनाथ काफ्ले र फरेस्टर मोहन केसीले प्रशिक्षण दिएका थिए भने वन रक्षक घनश्याम आचार्य र मोतीलाल ज्ञवालीले सहजीकरण गरेका थिए । तालिमको पहिलो दिन वन व्यवस्थापन सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो भने अन्तिम दिन मंगलबार व्यवहारिक अभ्यासका लागि सौरेनी सामुदायिक वनको खण्ड २ अन्तर्गतको वनमा झाडी सफाइ, रुखका हाँगा काँटछाँटजस्ता कार्यको अभ्यास गराइएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग