Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सवको तैयारी तिव्र

Published on 12:14:00 AM //

 पी.एम.मगर

यही फाल्गुन १९, २० र २१ गते तीन दिनसम्म हुन गईरहेको प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सवको तैयारी भेला बिहीवार सदरमुकाम तमघासमा सम्पन्न भएको छ ।
भेलामा आयोजक संस्था समाज विकास, पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र, नेपाल गुल्मीले महोत्सवको उद्धेष्य र अवधारणा पत्र प्रस्तुत गर्नुका साथै महोत्सव मुल समारोह समितिको तैयारी प्रकृया सार्वजनिक गरेको छ । पुर्व रक्षामन्त्री रामवहादुर थापा वादल, पुर्व पर्यटन मन्त्री एवं सभाषद प्रदिप ज्ञवाली, सभाषद सुदर्शन बराल, अर्का सभाषद चन्द्रवहादुर थापा, पुर्व संसद फटिकवहादुर थापा, झकवहादुर पुन, कमल श्रेष्ठ, भागवत ज्ञवाली, गोकर्णराज विष्ट लगायत सल्लाहकार रहेको मुलसमारोह समिति संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा २ हजार ११ सदस्यीय गठन गरिएको जानकारी गराईएको थियो । त्यस्तै ४७ सदस्यीय सचिवालय समिति र २९ वटा उपसमिति गठन भएको जानकारी समेत गराईएको थियो । मुल समारोह समितिमा जिल्लाका संघ संस्था, सरकारी निकायका प्रमुख, गाविस सचिवहरु, विभिन्न जात जाति संस्थाका प्रमुखहरु, समाजसेवी लगायत समग्र पक्षको प्रतिनिधीत्व रहेको अवधारणा पत्र प्रस्तुत गर्दै संस्थाका सदस्य वुद्धि जिसीले जानकारी गराउनुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य युवराज के.सी, नेकपा एमाले गुल्मीका उपाध्यक्ष मधुकृष्ण पन्त, उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारी, समाजसेवी नन्दराम भुसाल, जिल्ला विकास समितिका योजना अधिकृत विनोद मरासिनी, रेसुङ्गा वहुमुखी क्याम्पसको क्याम्पस प्रमुख दीन पन्थी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमिरे लगायत विभिन्न सरकारी निकायका प्रमुख, संघसस्थाहरुको सहभागीता रहेको थियो । आयोजक संस्थाका सदस्य ज्ञानकुमार वुढाको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष अशोक थापाको सभापतित्व र सचिव शंकर कुवँरको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग