Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डेढ दशकदेखि खोरमा

Published on 8:23:00 PM //

ईकान्तिपुरबाट 
उदयपुर सिद्धिपुर ४ वाइतुङका एक युवक डेढ वर्षदेखि सुँगुरजस्तै खोरमा थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका ३६ वर्षीय जमानसिंह अधिकारीलाई उपचार गर्न लैजान नसकेर परिवारका सदस्यले थुनेका हुन् । घरबाट ३ सय मिटर पर बनाइएको खोरमा उनलाई राखिएको छ ।

२१ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका उनलाई ३ वर्ष घरभित्रै बाँधेर राखिएको आमा रनमायाले बताइन् । उनले भनिन्, 'पहिले पहिले घरमा बाँधेर थुनियो । तर घरभित्र सम्भवै भएन, पछि बाहिर खोर बनाएर थुनेर राखेका छांै ।' छाडदिए जथाभावी गर्ने भएकाले थुन्नुपरेको उनले बताइन् ।
दुई छोराका बाबु भइसकेका जमानसिंह बीचमा केही समय सन्चोजस्तो देखिएका थिए । 'एकपटक त उपचार गर्न पाटन अस्पताल पुर्‍याइयो,' उनले भनिन्, 'तर त्यहाँ पनि पूरै समय राख्न सकिएन ।' आर्थिक अभावले अस्पतालको खर्चसमेत तिर्न नसक्दा चिकित्सकले 'घर लैजान' भनेको उनले गुनासो गरिन् ।
'पैसा भएको भए उपचार हुन्थ्यो होला, खोरमा थुन्नु पर्दैनथ्यो,' रणमायाले भनिन् । जमानसिंहका १५ वर्षीय जेठा छोरा एसएलसी दिने तयारीमा छन् । १३ वषर्ीय कान्छा ५ कक्षामा पढ्छन् ।  
सुँगुर थुन्ने खोरजस्तै काठको घेरामा थुनिएका जमानसिंह उठ्न चाहे भने पनि ठाडो भएर उठ्न मिल्दैन । सुत्नु वा पलेंटी कसेर टुक्रुक्क बस्नुको विकल्प छैन उनीसँग । दिसापिसाब पनि खोरभित्रै गर्छन् । रणमायाले भनिन्, 'दिसापिसाब तल झरेपछि सफा गर्ने गरेकी छु ।' खाना र पानी भित्रै लगेर राखिदिने गरिएको छ । 
घामपानीलगायत जस्तोसुकै मौसममा पनि उनलाई बाहिर निकालिँदैन । भाइ भीमबहादुर भन्छन्, 'बाहिर निकालेर के गर्नु जथाभावी गर्छ, गाउँलेको बिगार गर्‍यो भने गाली गर्छन् ।'

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग