Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निश्पक्ष छनबिन गर! (फोटो फिचर)

Published on 11:09:00 PM //

(फोटोहरु ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला)
न्याय देउ: नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा पुर्व सचिव फणिन्द्र भण्डारीको ‘रहस्यमय मृत्यु’ भएको १३ औं दिन हुँदासम्म सरकारले सत्य तथ्य सार्वजनिक नगरेको पीडा पोख्दै भावविह्वल श्रीमती धना भण्डारी । तस्बिर: पि एम मगर
काँग्रेस पनि किन चुप: कांग्रेसले समेत आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन र गम्भिर छानविन गर्ने गरी दवाव दिन कुनै पहल नगरेको बरिष्ट नेता शेरबहादुर देउवासंग गुनासो पोख्दै भावविह्वल धना भण्डारी ।  तस्विर: घनश्याम गौतम


 भण्डारीको हत्या नै भएको: एमाले नेता एवं सभाषद प्रदिप ज्ञवालीले परिवारको गुनासो, शवको प्रकृति र अहिलेसम्म भएका गतिविधि र धम्किपूर्ण भाषाहरुले भण्डारीको हत्या नै भएको बताए । उनले घटनालाई ‘रहस्यमै’ रख्ने प्रयत्न भैरहेको भन्दै कडा छानविनको माग गरेका छन् । तस्बिर: पि.एम.मगर
गम्भिर छानबिन हुन्छ: कांग्रेस बरिष्ट नेता एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले तत्काल छानविन गरी सार्वजनिक गर्न पार्टी र सरकार दुवैका तर्फबाट पहल गरिने आश्वासन दिएका छन् । उनले पार्टीले भण्डारीको मृत्युलाई गम्भिर ढंगले लिएर छानविन गर्ने बताए । तस्बिर: पि.एम.मगर
नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा पुर्व सचिव फणिन्द्र भण्डारीको ‘रहस्यमय मृत्यु’ भएको १३ औं दिन हुँदासम्म सरकारले सत्य तथ्य सार्वजनिक नगरेको पीडा पोख्दै भावविह्वल श्रीमती धना भण्डारी । तस्बिर: घनश्याम गौतम


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग