Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा बिजुली पुगेपछि खुसीयाली

Published on 10:26:00 PM //

शिबलाल सुबेदी
कहिले बिजुली बत्ती आउछ र बाल्न पाईन्छ भनेर बिजुली बत्तीको पर्खाइमा बसेका गुल्मी जिल्लाको दोहोली गाविस ४ र ५ का स्थानीयवासीहरुको सपना पुरा भएको छ ।

लामो समय बिजुली बाल्ने सपनाको पर्खाइमा बसेका उक्त गाउँका स्थानीयवासीहरु आईतबार पहिलो पटक गाउँमा बिजुली बत्ती बलेपछि खुसीयाली मनाएका छन । नेपाल बिद्युत प्राधिकरण शाखा कार्यलय गुल्मीको एक टोलीले आज दोहोलीको वार्ड नम्बर ५ किराखोला भन्ने स्थानमा रहेको टान्सफर्मरमा लाईन जोडेपछि बिद्यृत सेवा बिस्तार भएको हो । यसरी बिद्यृत सेवा बिस्तार भएपछि उक्त गाविसका वार्ड नम्बर ४ र ५ जनताहरु लाभाम्बित भएका छन ।
छिमेकी गाविसहरुमा पहिले नै बिजुली बलेपनि दोहोलीमा भने लामो समय पछि बिजुली बलेको हो । गाउँमा बिजुली बलेपछि बिद्याथीहरुलाई पठाइमा ठुलो सहयोग मिल्ले बताइएको छ । यसरी गाउँ झिलीमिली भएपछि चोरी लगायत बिभिन्न प्रकारका अपराधिक घटनाहरुमा पनि कमि आउने स्थानीयवासीहरुले बताएका छन । लामो समयसम्म गाउँका अधिकाशं वासीहरुले मट्टितेलबाट टुकी बालेर गुजारा चलाउदै आएका थिए ।
गत बर्ष नै बिजुली आउने पक्का भईसकेको भएपनि बिभिन्न कारणले गर्दा यस पटक मात्र बिजुली बलेको स्थानीयवासी थान बहादुर खड्काको भनाई रहेको छ । उनले १ बर्ष अगाडि नै बत्ती बल्नु पर्ने हो तर बल्न सकेन अहिले आएर भए पनि गाउँमा बिजुली बत्ती बलेकाले आफुहरुमा खुसीयाली छाएको खड्काले बताए । उनी मात्र होईन दोहोलीमा यतिबेला बिजुली बत्ती बलेपछि सबैमा खुसीयाली छाएको छ भने गाउँ झिलीमिली बनेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग